कार्तिक–२८, रामधुनी नेपालमा शुक्रबार थप २ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएका ९ हजार ५ सय ३३ पीसीआर परीक्षणमा थप २ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा शुक्रबार थप १२ सय ७ कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ८० जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय २ पुगेको छ । मन्त्रालयका अनुसार थप ३५ सय ३७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १ लाख ६८ हजार १ सय २९ जना पुगेको छ । त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२ पुगेको छ । हालसम्म क्वारेन्टाइनमा ९ सय ८६ जना रहेका छन् । हालसम्म १५ लाख ९३ हजार ८५० वटा नमुना पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।।


0 comments :

Post a Comment

 
Top