झुम्का, भदौ १४ 

आजका बालबालिका भोलीको उत्तराधिकारी हुन् भने जस्तै रामधुनी वडा नं. १ ले उत्तराधिकारीको रुपमा उभ्याउन तयारीमा जुटेका छन् । बालअधिकार संरक्षणगरी वडालाई बालमैत्रि स्थानिय शासन सुक्षित घोषणा गर्न क्रमिक रुपमा अगाडी बढिरहेको छ ।

बालबालिकाको हकमा वडाबाट बजेट बिनियोजन सहित नितिगतरुपमा कार्यक्रम गर्दै लगेको छ । स्वयम बालबालिकालाई प्रत्यक्ष सहभागी गराई वडालाई बालमैत्रि घोषणा गर्न वडाका जागरुक बालबालिका संगठित भएका छन् । शनिवार बालबालिकाहरु भेला हुदै बाल सञ्जाल पुनरगठनगरी संगठित भएका हुन् । वडा अध्यक्ष महेश चौधरीको उपस्थितीमा कार्य समितिका पदाधिकारीहरुलाई चयनगरी गठन गरेको हो । जरमा अध्यक्ष–प्रिती चौधरी, उपाध्यक्ष–अभिषेक सरदार, सचिव–सुनिल बस्नेत, सह सचिव–सुमित्रा खड्का, कोषाध्यक्ष–बिधान गुरागाईं र सदस्यहरुभूमिका चौधरी, आयुष भट्टराई,सदस्य, राहुल चौधरी र नेहरिका शाह रहेका छन् ।
वडामा बालमैत्रि संरचना निर्माण, १६ खुड्किला तथा ३९ सुचकबारेमा अभिभावक, बिध्यालय, संघ संस्थाहरुलाई जानकारी गराउदै लाने वडा अध्यक्षले बताए । वडा बालमैत्रिकालागी टोल बिकास, बाल सञ्जाल, बाल क्लवहरुलाई सक्रृय बनाउदै समन्बयगरी भुमिकामा राख्ने धारणा पनि ब्यक्त गरे । बालबालिमा लगानि गर्नुनै समृद्धिको बलियो पाटो भएकोले यसलाई वडाले अगिंकार गर्दै लगेको समेत वडा अध्यक्ष चौधरीले ब्यक्त गरेका हुन् ।
अध्यक्ष चौधरीले प्रतिबद्धता जनाउदै वडामा सबै बालबालिकाहरु बिध्यालय सम्म पुग्ने छन्, शतप्रतिशत जन्मदर्ता समैमै हुने छन्, बाल बचाउ, बाल संरक्षणहुने छन्, बालश्रम हुने छैन्, बाल हिंसा हुने छैन लगायतका बालअधिकार सुरक्षित हुने वडाबाल सञ्जाल अध्यक्ष प्रिति चौधरीले बताईन् ।

0 comments :

Post a Comment

 
Top