आईतबार नोवेल अस्पताल विराटनगरमा दुहवीका ६ का स्थानीय तथा रमपम उद्योगको प्रोडक्सन इन्चार्ज अनिल कुमार शाहको मृत्यु अस्पतालको लापरवाहीले भएको भन्दै स्थानीयले बन्द गराएको दुहवी बजार पुन सुचारु भएको छ । विहान देखि बन्द रहेको दुहवी–इटहरी सडक खण्ड इटहरीको डिएसपी समिरचन्द्र खरेलको टोलीले खुलाएको हो  । नोबेल अस्पतालका डाक्टरले लापरबाही ढंग बाट घुडाको अप्रेसन गर्दा ज्यान मारेको भन्दै सोमवार विहान आफन्त तथा दुहबीका स्थानीयहरुले सो सडक खण्ड ठप्प गरि नाराबाजी र प्रदर्शन गरेका थिए । अस्पताल प्रशासन र स्थानीय बीच ३ घण्टा लामो वार्ता निश्कर्ष बिहिन बने पछि सोमबार विहानै देखि स्थानीले दुहवी बजार बन्द गराएका हुन । घुडाको अप्रेसन गर्दा ज्यान मारेको भन्दै प्रदर्शन सुरु गनुका साथै .आफन्त तथा दुहबीका स्थानीयहरुले अस्पताल घेराउ गरी नाराबाजी पनि गरेका थिए । नोबेल अस्पतालको लापरवाहिले साहको मृत्यु भएको भन्दै गराएको बन्द स्थानिएले  खोल्न  नमाने पछि प्रहरीले बल प्रयोग गरेर खुलाएको हो ।



0 comments :

Post a Comment

 
Top