विद्यालयमा परिक्षा पश्चात वा अन्य चाडपर्वको बेलामा हुने विदाको समयमा सवैजसो बालबालिकाहरु घुम्ने र आफन्तको घरमा जाने गर्दछन् । यस्तो विदाको बेलामा विभिन्न मनोरञ्जनात्मक कार्यमा सहभागी हुनको लागि सवै परिवारले पनि सहयोग गर्ने भएकोले समेत बालबालिकाहरुको पहिलो रोजाई नै घुम्न जाने वा मामाघर वा अन्य आफन्तकोमा जाने नै हुने गर्दछ ।


तर देवचुलीका किशोरीहरु भने विदाको समय हुनासाथ आफुले जानेका विभिन्न सिपहरु र ज्ञानहरुको बारेमा समुदायस्तरका र विद्यालयस्तरका किशोरकिशोरीहरुलाई विभिन्न तालिमहरु र छलफलहरु सञ्चालन गर्न थालेका छन् ।
३० जना किशोरीहरुले देवचुलीका १७ वडामा सक्छीन छोरी अन्र्तगत आत्मसुरक्षा, नेतृत्व विकास, हिंसा, दृव्र्यवहार बाट कसरी बच्ने भन्ने बारेमा तालिमहरु सञ्चालन गर्नुहुनेछ ।

0 comments :

Post a Comment

 
Top