११ असोज  ,२०७७ -वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नेपालको राजनितिक परिवर्तनमा युवाहरुले खेलेको भूमिका आफैमा अदितिर रहेको बताउनुभएको छ। नेपाल युवा परिषद वाग्मती प्रदेशले आयोजना गरेको दोस्रो प्रदेश युवा सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले युवा देशको आधारस्तम्भ, नवीन चेतना, विचारका सम्बाहक र परिबर्तनका अग्रगामी दस्ता भएको कुरा ब्यक्त गर्नु भएको हो। 

कोभिड महामारिका कारण भर्चुअल माध्यमबाट उक्त सम्मेलनमा वाग्मती प्रदेशभरिका १३ वटै जिल्लाबाट सहभागी करिब १२० जना युवालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले कोरोनाको कारण हजारौं संख्यामा बेरोजगारी बढेको र बिदेशबाट पनि लाखौं संख्यामा रोजगारी गुमाउँदै स्वदेश फर्कने कार्य रहेकोले उनिहरुलाई स्वदेशमै रोजगारीको सृजना गर्न दत्तचित्त भएर प्रदेश सरकार लागीपरेको कुरा जानकारी दिनुभयो।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनको सफलताको शुभकामना ब्यक्त गर्दै मुख्यमन्त्रीले सम्मेलनले युवाको सवालमा महत्वपूर्ण निर्णय, ठोस कार्यक्रम तथा रचानत्मक सुझाव प्रस्तुत गर्ने विश्वास व्यक्त गर्दै प्रदेश सरकारको तर्फबाट यस अभियानप्रति ऐक्यबद्धता जनाउनुभयो। 

त्यस्तै विशिष्ट अतिथिको रुपमा पाल्नुभएको वाग्मती प्रदेश सभा सदस्य माननीय कल्पना नेपालीले सम्मेलनको शुभकामना व्यक्त गर्दै समाजमा व्याप्त विकृति र बिसङ्गतीहरुप्रती युवाहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिनु भयो। त्यस्तै सोही अवसरमा अर्का प्रदेश सभा सदस्य माननीय रमेश पौडेलले युवाको हकहितको लागि आफू जुनसुकै बेलामा पनि तयार रहेको कुरा व्यक्त गर्नुहुदै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नुभयो। 

त्यस्तै नेपाल ओलम्पिक कमिटी वुमन एण्ड स्पोर्टस् कमिसनकी महासचिब बिमला सङ्ग्रौला, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य कृष्णकुमार अर्याल र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कका अध्यक्ष लोचनलाल अमात्यले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

0 comments :

Post a Comment

 
Top