मंसिर–१९, सुनसरीको रामधुनी नगरपालिका वडा नंं. १ मा रहेको घोङ्गी बगीया थारु भिलेजमा ५ दिने स्टिक्स एन्ड स्टोन्स प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

बाल संरक्षण परियोजना अन्र्तगत बालबालिकाहरुमा आउने समस्या र समाधान को बिषयमा सो तलिम सन्चालन गरिएको हो । प्लान ईन्टरनेस्लन नेपालको सहयोग, शिक्षा साखा रामधुनी नगरपालिकाको सहकार्य र साझा सवालका लागि साझा मन्च (कोकन) को आयोजनामा तालिम संचालन गरिएको थियो । बालबालिकाहरु बढि मात्रामा बिध्यालयमा हुने भएकोले शिक्षकहरु लाई प्रशिक्षण दिइ शिक्षक मार्फत बिद्यार्थीहरु सम्म पुर्याउने उदेस्य रहेको छ । 

हाल बालबालिकाहरुमा हुने शोषण तथा समस्या लाइ न्युनिकरण गर्ने उदेस्यले तालिमको आयोजना गरिएको कोकन का कार्यक्रम अधिकृत दयालाल चौधरीले जानकारी दिनु भयो ।  बालबालिकाहरुले आफ्नो सुरक्षा आफै गर्न सक्ने बनाउनका लागि यस्तो कार्यक्रम गरिएको चौधरी बताउनु  हुन्छन् ।

यता कार्यक्रमलाई सम्बोधन गर्दै रामधुनी नगरपालिकाकी उप–प्रमुख सबिना चौधरीले नगरलाई बालमैत्री नगर बनाउन लागि परेको साथै रामधुनीमा रहेका हरेक विद्यालयहरुले पनि बालमैत्री सिकाई बाट पठन पाठन गराउन आग्रह गर्दै नगर भित्र बालबालिका सम्बन्धी कुनै पनि प्रकारका समस्या आएमा तुरुन्तै खबर गर्न र नगरलाई बालमैत्री नगर बनाउनका लागि सबै क्षेत्रबाट हुने साथ र सहयोग गर्न पनि अपिल गर्नु भएको छ ।

कार्यक्रममा बालबालिकाहरुलाई संरक्षण गर्ने तरिका लिखित, मौखिक र ब्यबहरिक रुपमा सामुहिक छलफल तथा नाटकीय पद्धतिय जस्ता बिधिहरुबाट तालिम दिईएको थियो । तालिममा बाल संरक्षणका विषयहरु, बाल संरक्षणमा प्रभाव पार्ने कुराहरु, विद्यालय परिवेशमा रहेका संरक्षण कानुन र नीतिगत व्यवस्था, बालबालिकामा रहेका जोखिम र त्यसको न्यूनिकरण जस्ता विषयमा तालिक दिईएको थियो जसमा प्लान ईन्टरनेस्नल नेपालका संरक्षण सल्लहाकार सुनील हाक्का श्रेष्ठले ५ दिने प्रशिक्षणको सहजिकरण गर्नु भएको थियो । त्यसै गरि कार्यकममा रामधुनी नगरपालिकाका शिक्षा साखा प्रमुख राजन गेलाल, बालमैत्री सम्पर्क ब्यक्ति हर्षलाल चौधरी, प्लान ईन्टरनेस्नल नेपालका संरक्षण सल्लहाकार सुनील हाक्का श्रेष्ठले मन्तब्य राख्नु भएको थियो 

५ दिन सम्म चलेको उक्त कर्यक्रममाका् समापन समारोहमा प्रमुख अतिथि रामधुनी नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरी, विशिष्ट अतिथि नगर उप–प्रमुख सबिना चौधरी, साझा सवालका लागि साझा मञ्च कोकनकी अध्यक्ष मन्जिता उपाध्यको अध्यक्षता रहेको थियो । कार्यक्रममा रामधुनी नगरपालिकाका विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिकाहरु र पत्रकारहरुको सहभागिता रहेको थियो भने कार्यक्रम साझा सवालका लागि साझा मञ्च कोकोनका कार्यक्र अधिकृत दयालाल चौधरीले संचालन गर्नु भएको थियो ।


0 comments :

Post a Comment

 
Top