पौष-०४, सुनसरिको रामधुनी  नगरपालिका वडा नंं. ६ मा सनिबार वडा बाल सञ्जाल का पदाधिकारि हरुको नेतृत्व तथा क्षमता बिकाश तालिम समापन भएको छ ।

"रामधुनी बिकासको बिहानि, बालबालिकामा हामि सबैको पर्याप्त लगानि" भन्ने नाराका साथ बक्लौरको वडा कार्यालयमा कार्यक्रम समापन भएको हो । 

रामधुनी नगरपलिका वडा न. ६ को कार्यालयले आयोजना गरेको कार्यक्रममा बालमैत्री सम्पर्क ब्यक्ति हर्षलाल चौधरी तथा बालमैत्री सहजकर्ता रबिन ठाकुर र राजकुमार शाहले तालिमको सहजिकरण गर्नु भएको थियो 

सो कार्यक्रममा बालबालिकाहरुका भिबिन्न बाल सङ्गठनका पदाधिकारी हरुको लागि क्षमता बिकासको तालिम दिएको थियो । कार्यक्रममा बाल सङ्गठन तथा बाल सन्जालले हाल सम्म गरेको काम र अबका योजना हरुको बारेमा समेत छलफल गरिएको थियो । कार्यक्रममा बाल सन्जाल पदाधिकारी हरुको क्षमता बिकाश सङ्गै नेतृत्व बिकास कार्यक्रम गर्ने शैलि र बालबालिकाहरुलाई उदघोस कला लगाएतको बिषयमा छलफल गरिएको बालमैत्री सम्पर्क ब्याक्ति हर्षलाल चौधरीले बताए साथै नगर लाइ बालमैत्री बनाउन चेलिबेटि बेचबिखन बाल हिङ्सा जस्ता कुरा हरुको सचेतना कार्यक्रम पनि गर्दै आएको उनले बताए ।

हाल सम्म बालबलिकाको हकमा बिभिन्न किसिमका कार्यक्रम गरिएको वडा बाल सञ्जाल  रामधुनि ६ का अध्यक्ष रिजन राजधामिले बताए । उनले वडा बालमैत्री बनाउनलाइ कार्यहरु गरिरहेको तथा यस्मा सम्पुर्ण वडा बासिले सहयोग गर्नु पर्ने पनि बताए ।

त्यसै गरि रामधुनी नगरपालिका वडा न ४ मा पनि पनि समुदाय स्तरीय बाल समुहको पुनर्गठन गरिएको छ । माधव कार्कि को अद्यक्षतामा  लालपुर मा १५ सदस्यीय र सुरज चौधरीको अद्यक्षतामा रामपुरा मा १३ सदस्यीय बाल सन्जाल पुनर्गठन गरिएको हो चाईल्ड हेल्प डेस्क रामधुनीका संयोजक अमन ढुङेलले जानकारी दिए ।

0 comments :

Post a Comment

 
Top