पौष–०७, मङ्गलबार इटहरी को पाथिभरा होटेलमा प्रदेश युबा सञ्जाल गठन भएको छ । बि एम जेट तथा टि डि एच जर्मनको आर्थिक सहयोग तथा वातावरण संर्रक्षण परियोजना को सहयोग मा सो कार्यक्रम सन्चालन भएको हो । 
कार्यक्रममा बोल्दै प्रदेश सभा साम्सद कुशल लिम्बुले युवाहरुलाई  बाताबरण संरक्षणमा लाग्न अनुरोध गरेका छन् ।  साथै हरेक क्षेत्रमा युवाहरुले आफ्नो पकड जमाउन आवश्यक रहेको औल्याए । उनले युवाहरुले आफ्नो क्षमतालाई प्रयोग गरेर देश परिवर्तनमा कम्मर कसेर लाग्न पनि सुझाव दिए ।

युवाहरुले निराश नभई समयसापेक्ष नविन सोचका साथ अगाडी बढ्न आवश्यक रहेको उनको भनाई छ । त्यसै गरी उनले युवाहरुको साथ सहयोगको लागि आफु जहिले पनि तत्पर रहने बताए ।  रामेछाप बाट स्थापना भएको र वातावरण संरक्षण परियोजना सातै ओटाप्रदेशका सबै जिल्लामा सङ्गठन गरि बातावरण सुरक्षाका काम गर्ने वातावरण संरक्षण परियोजना का अध्यक्ष लब श्रेष्ठले बताए ।

साथै उनले रामेछापमा तिनलाख बृक्षा रोपण सुरु गरेको र ७०५ सफल हुने आशा राखेको पनि बताए ।कार्यक्रममा युवा नेता तथा समाजसेवि वासिम आलम , युवाअभियन्ता अ्मृत देबकोटा, पत्रकार महासङ सुनसरिका अद्यक्ष अ्म्बर खड्का लगायत पूर्वका १४ ओटा जिल्लाहरु बाट युवा को उपस्थिति रहेको थियो । सातैओटा प्रदेश मा सङठन गर्दै आएको सस्थाको उदेस्य युवाहरुलाई बाताबरण संरक्षणमा  प्रेरित गराउनु रहेको छ ।


1 comments :

 
Top