मंसिर २१, सुनसरीको रामधुनी नगरपालिका वडा नं. ४ ले आईतबार बालमैत्री समिति र बाल अधिकार समितिको काम, कर्तव्य बारे अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

बालमैत्री वडा बनाउन रामधुनी नगरपालिका वडा नं. ४ ले स्थिति पत्र तथ पञ्चवर्षिय रणनिति योजना तयारी गरिसकेको छ । बालमैत्री वडा घोषणा गर्न निरन्तर काम गरिरहेको पनि छ तर विगत लामो समय देखि कोरोना भाईरस कोभिड १९ का कारण वडाले गर्नु पर्ने काम नहुदा बालमैत्री वडा बनाउन केहि समय अझै लाग्ने देखिन्छ, ति कुरालाई मध्यनजर गर्दे वडा नं. ४ वडा कार्यलय काम गर्न कटिबद्ध रुपमा लागिरहेको छ, यसै सन्दर्भमा आईतबार वडामा रहेको बालमैत्री समिति र बाल अधिकार समिति गठन पश्चात समितिको काम कर्तव्य बारे एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । 

बालबालिका विरुद्ध हुने सवै खाले हिंसा, दुव्र्यवहार, शोषण (श्रम, यौन), भेदभाव र ओसारपसार बाल विवाह, अन्त्य गरी बालमैत्री नगर निर्माण गर्ने लक्ष्य बोकेको रामधुनी नगरपालिका वडा नं. ४ ले बालबालिका माथि हुने सबै प्रकारका हिंसा, भेदभाव, दुव्र्यवहार, शोषण, वेचविखन, ओसारपसार एवं बाल विवाह जस्ता बालबालिका विरुद्ध हुने सबै प्रकारका हानीबाट बालबालिकालाई संरक्षण गर्ने, बालमैत्री स्थानीय शासन स्थापना, बालमैत्री व्यवहार र आचारसंहिताको लागु र बालमैत्री संरचना निर्माणमा गर्न जोड वडा नं. ४ ले निरन्तर काम गरिरहेको बाल हेल्प डेस्कम रामधुनीका संयोजन अमन ढुड्गेलले बतोउनु भएको छ ।

रामधुनी नगरपालिका वडा नं. ४ वडा कार्यलयको आयोजनामा संचालन भएको अभिमुखिकरण तथा अन्र्तक्रिया कार्यक्रम रामधुनी नगरपलिकाका बालमैत्री सम्पर्क ब्यक्ति हर्षलाल चौधरी र बाल सहजकर्ता रविन ठाकुरले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रममा समाजसेवीहरु, विद्यालयका प्रतिनिधिहरु, विभिन्न पार्टिका प्रतिनिधिहरु, सहरी स्वास्थ साखा लालपुरकी प्रमुख निरुपा कोइराला, बालबालिकाहरु लगायत बाल अधिकार समिति, बालमैत्री स्थानीय समितिका पदाधिकारीरुहरुको सहभागिता रहेको थियो ।


1 comments :

  1. How to find and verify online casino
    The easiest way to find and 온라인 카지노 가입 verify the online casino is to try and deposit with a deposit from an online casino. These methods have been around for quite a few

    ReplyDelete

 
Top