पुस-०१, संयुक्त राष्ट्रसंघले इथियोपियामा जारी द्वन्द्वका कारण २३ लाख भन्दा बढी बालबालिका हिंसाको सिकार भएको जनाएको छ । उत्तरी टिग्रेमा सरकार र विद्रोहीबीच जारी सशस्त्र द्वन्द्वका कारण लाखौं बालबालिका न्यूनतम मानवीय सहयोगबाटसमेत वञ्चित भएको राष्ट्रसंघले जनाएको छ । प्रभावितहरुमध्ये अधिकांश द्वन्द्वका कारण विस्थापित भएर शरणार्थी शिविरमा रहेकाहरु छन् । गत नोभेम्बरमा सरकार र विद्रोहीबीच सुरु भएको द्वन्द्वका कारण लाखौं सर्वसाधारण विस्थापित भएका छन् । सरकारले उक्त क्षेत्र आफ्नो नियन्त्रणमा रहेको दावी गरेपनि विद्रोहीले आफ्ना गतिविधिलाई जारी राखेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । द्वन्द्व सुरु भएसँगै छिमेकी मुलुक सुडानमा पनि सोही संख्यामा विस्थापित हुनेहरु रहेको बताइएको छ ।

0 comments :

Post a Comment

 
Top