मंसिर–२०, सुनसरीको बराहक्षेत्र नगरपालिकाको श्री शिशु ज्योति आधारभुत विद्यालयको प्राङगणमा दुई कोठे भवन निमार्ण तथा प्रारम्भिक पढाई सिकाई कक्षा व्यवस्थापन र सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ ।

प्लान ईन्टरननेशनल नेपाल सुनसरीको सहयोग, बराहक्षेत्र नगरपालिका तथा शिशु ज्योति आधारभुन विद्यालयको समन्वय र ग्रामिण समाज उत्थान केन्द्र (आरएसडिसी) सुनसरीको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

“गुणस्तरीय शिक्षा आजको आवश्यकता” भन्ने मुल नाराका साथ लैङ्गिक रुपान्तरणमुखी समावेशी शिक्षा कार्यक्रम अन्र्तगत दुई कोठे भवन निमार्ण तथा प्रारम्भिक पढाई सिकाई कक्षा व्यवस्थापन गर्नका लागि कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ  ।

दुई कोठे भवन निमार्ण तथा प्रारम्भिक पढाई सिकाई कक्षा व्यवस्थापनको परियोजना अवधि ३ डिसेम्बर २०१९ देखि १० अगस्ट २०२० सम्म रहेको थियो । प्लान ईन्टरनेशनल नेपालबाट २४ लाख २८ हजार, बराहक्षेत्र नगरपालिकाबाट ४ लाख, बराहक्षेत्र नगरपालिका वडा नं. ८ बाट २ लाख ७५ हजार र श्री शिशु ज्योति आ.वि. बाट २ लाख २५ हजार गरि जम्मा ३३ लाख २८ हजारको लागतमा परियोजना सम्पन्न गरिएको सामाजिक लेखाजोखा कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

प्रारम्भिक कक्षाका बालबालिकाहरुका लागि समावेशी शिक्षा, बालमैत्री वातावराण बनाउन सहयोग गर्ने, बालबालिकाहरुको सिकाई तथा पढाई सीपको विकास गर्ने, शिक्षक शिक्षकाहरुलाई बाल शिक्षण तालिमद्धारा क्षमता अभिवृद्धि गराउन सहयोग पुग्ने, बालबालिकाहरुलाई विद्यालयमा भर्नादर बढाउन सहयोग गर्ने, लैङ्गिक रुपान्तरणमुखी समावेशी शिक्षाका लागि विद्यालय व्यवस्थापन र जनप्रतिनिधि तथा अभिभावकहरुलाई सहभागितामा नेतृत्व विकास गराउनमा सहयोग पुर्याउने जस्ता उद्देश्य बोमी परियोजना संचालन गरिएको परियोजना संयोजक शिखा किरण यादवले जानकारी दिनु भयो ।

बराहक्षेत्र नगरपालिकाकी उप–प्रमुख कमला मगरको प्रमुख अतिथ्यता, ग्रामिण समाज उत्थान केन्द्र (आरएसडिसी)का अध्यक्ष रफुल अंसारीको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो भने वडा अध्यक्ष फणिन्द्र प्रसाद भट्टराई, शिक्षा शाखा प्रमुख देवेज्द्र मल्ल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रिनाथ घिमिरे, विभिन्न संघ संस्थाका प्रतिनिधहरु, विद्याथी बालबालिकाहरु, वडा अध्यक्षहरु, अभिभावकहरु लगायत स्थानिय पत्रकारहरुको सहभागीता रहेको थियो ।


0 comments :

Post a Comment

 
Top