मंसिर १८ सुनसरीको रामधुनी नगरपालिका वडा नं. ४ ले २९ औ अन्तरास्ट्रिय अपाङ्ग दिवसको अवसरमा बालबाललिका लाई न्यानो कपडा वितरण गरि अन्तरास्ट्रिय अपाङ्ग दिवस मनाएको छ । बाल अधिकार समिति एवं बाल मैत्री स्थानीय सासन समितिको आयोजना र रामधुनी न.पा. वडा नं. ४ को सहयोग मा १८ बर्ष मुनिका ३ फरक फरक क्षमता भएका बालबालिका लाई न्यानो कपडा सहयोग गरेको हो । जसमा १४ वर्षका विवस चौधरी १० बर्षकी त्रिसा बिष्ट र ११ बर्षकी सम्राट माझी रहेका थिए । 

कार्यक्रमा सहभागी हुनुहुने रामधुनी नगरपालिकाका योजना शाखा प्रमुख साथै नगरका बालमैत्री सम्पर्क ब्यक्ति हर्षलाल चौधरीले अव को कार्यक्रम अपाङ्ग हुन वाट कसरी जोगिने र अपाङ्ग बालबालिकाहरुका लागि विभिन्न प्रकारका जनचेतना मूलक कार्यक्रम गर्ने बताउनु भयो त्यसे गरि कार्यक्रममा मन्तब्य राख्दै 

उक्त कार्यक्रम मा मन्तब्य राख्दै भट्टराईले आगामी दिनहरुमा संचालन गरिने कार्यक्रमहरुमा अझै धेरै अपाङ्ग बालबालिकाहरु लाई सहयोग गर्नु पर्ने जोड दिने कुरा बताएका थिए । कार्यक्रममा रामधुनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मनेश कुमार चौधरी, वडा सदस्य कमल कार्की, बाल मैत्री सम्पर्क ब्यक्ति सावित्रा कार्की (पराजुली) महिला स्वास्थ स्वयंसेवीका राधा भट्टराई, सहरी स्वास्थ साखा लालपुरकी प्रमुख निरुपा कोइराला, वडा बाल संजालका अध्यक्ष पवन कार्कीका साथै बालबालिकाहरुको सहभागिता रहेको थियो ।


0 comments :

Post a Comment

 
Top