मंसिर–२८, सुनसरीको रामधुनी नगरपालिका वडा नं. १ मा रहेको घोङेगी बयिया थारु भिलेजको सभाहलमा (सिएफएलजी) को कागजत व्यवस्थापनको कार्यशाला गोष्ठि आईतबार सम्पन्न भएको छ ।

कागजत व्यवस्थापन कार्यशाला अन्र्तगत आज ६ वटा विषयमा आधारीत रहेर गोष्ठि सम्पन्न गरेको थियो जसमा सम्पूर्ण वडाहरुको कागजात संकलन, फाईल व्यवस्थापन, अलमल विषयहरु, बालमैत्री साखा, बाल वस्तुगत विवरण र नगर स्तरीय तथ्याङ्क संकलन गर्ने जस्ता विषयमा आधारीत रहेर कार्यशाला गोष्ठि सम्पन्न गरिएको रामधुनी नगरपालिकाका बालमैत्री सम्पर्क ब्यक्ति हर्षलाल चौधरीले जानकारी दिनु भयो ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका सूचकहरु पुरा गर्दै रामधुनी नगरपालिका बालमैत्री नगर घोषणाको चरणमा प्रवेश गरेको छ । चालु आर्थिक वर्षमा बालमैत्री नगर घोषणा कार्यक्रमलाई प्राथमिकतामा राखेको नगरपालिकाले चैत महिनाभित्रै रामधुनीलाई प्रदेशकै पहिलो बालमैत्री नगर घोषणा गर्नलागि रहेको छ  । तोकिएका सूचकहरु पुरा गर्न गरिएको मेहनत सफल हुँदै गएको र बालमैत्री नगर बनाउन बालबालिकाहरुको अधिकारका अलवा सामाजिक समस्या र तिनको समाधान साथै बालबालिकाका हक अधिकारको संरक्षण गर्दै सभ्य नागरिक बनाउन रामधुनी नगरपालिकाले विभिन्न क्रियाकलापहरु प्नि संचालन गरिरहेको छ । बालमैत्री नगर बनाउनका लागि मानव तथा सामाजिक बिकासमा जिल्लाकै नमुना त्यसैगरि सामाजिक परिवर्तनको पहिलो र सिकाईको केन्द्र पनि बन्ने बालमैत्री स्थानिय शाशनका राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चौबेले जानकारी दिए ।

अहिले प्रत्येक वडामा वडा अध्यक्षको नेतृत्वमा समिति गठन गरेर रणनीतिमा ब्यबस्था भएका सूचकहरुको अवस्थाबारे जानकारी संकलन गर्ने काम भईरहेको र वडा तहबाट आएको प्रतिवेदनको आधारमा पुरा नभएका सूचकहरु पुरा गर्न नगरपालिका लागिरहेको सुशासन तथा संस्थागत विकास समितिका संयोजक साथै वडा नं. ८ का वडा अध्यक्ष रुद्रबहादुर बस्नेतले जानकारी दिए ।

बालबालिकाको शिक्षा, स्वास्थ्य, पुर्णखोप, स्तनपान, पोषण, सामाजिक क्रियाकलापमा सहभागिता, बाल श्रमको अन्त्य लगाएत सूचकहरु अनिवार्य पुरा गर्नुपर्ने व्यवस्था छ । बालमैत्री नगर घोषणाका लागि सवै जनप्रतिनिधि, कर्मचारी, शैक्षिक संस्था, प्रहरी, बालक्लब, नागरिक समाज, सञ्चारकर्मी लगायतका प्रतिनिधिले सामुहिक प्रतिबद्धता अति नै आवश्यका रहन जान्छ । बालमैत्री नगर घोषणा र दिगोपनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सक्रिय सहभागीता जनाउँदै बालबालिकालाई केन्द्रमा राखेर कार्य गर्न जरुरी देखिन्छ ।


बाल अधिकार समिति रामधुनी नगरपालिका र रामधुनी नगरपालिका झुम्का, सुनसरीको आयोजनामा संचालन भएको कार्यशाला कार्यक्रममा रामधुनी नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरी, उप–प्रमुख सबिना चौधरी, चाईल्ड हेल्प डेस्क रामधुनीका संयोजक अमन ढुङ्गेल, बाल अधिकार समिति रामधुनीकी संयोजक, सर्मिला वि.क र पदाधिकारीहरु, वडाअध्यक्षहरु, प्रत्येक वडाका बालमैत्री सम्पर्क व्यक्तिहरु साथै पत्रकारहरुको सहभागीता रहेको थियो ।

0 comments :

Post a Comment

 
Top