रामधुनी-०४ सुनसरीको राम्धुनी नगरपालिका वडा नं. १ मा रहेको जेष्ठ नागरिक भवनको सभाहलमा नमुना नगर बाल संजाल रामधुनीका पदाधिकारीहरु बिच मानव बेचबिखन तथा ओसारपसार विरुद्धको एक दिने अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको सहजिकरन गर्दै मनिषा पाण्डेले मानव बेचविखन तथा ओसारपसार सम्बन्धी अपराध सभ्य समाजको बाधक तत्व रहेको बताउँदै यस्ता सामाजिक कलंकको रुपमा मौलाएको अपराध नियन्त्रण तथा रोकथामका लागि सरकार, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था, विकास साझेदारीका पात्रहरु, नागरिक समाज, मानव अधिकारकर्मी लगायत सम्पूर्ण सरोकारवालाहरु एकजुट भएर आगाडि बढ्नुपर्ने बताउँनुभयो । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न मानव वेचविखन तथा ओसारपसार नियन्त्रणले ठोस योगदान दिन सक्ने भएकोले यसको नियन्त्रणको लागि सवै क्रियाशिलता, सामूहिक प्रयास र पहल आवश्यक रहेको उहाँले बताउनुभयो ।  

नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हकको कार्यान्वयनका लागि व्यवस्था भएका मानव बेचबिखन नियन्त्रण ऐन, नियमावलीको प्रभावकारी कार्यान्वयनबाट महिलामाथि हुने यौनशोषण, दुर्व्यवहार, मानव अंग तस्करी जस्ता जघन्य सामाजिक अपराधको नियन्त्रण हुने हुनाले यसमा सबैले आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्नु जरुरी रहेको बताउदै नमुना नगर बाल संजाल रामधुनीका कोषाध्यक्ष सुगम झा ले यस्ता अपराधबाट पीडित भएकाहरुलाई आफ्नो हक अधिकारको लागि एकजुट हुन र दुष्कार्य विरुद्ध लड्न मानव बेचविखन तथा ओसारपसार विरुद्धको यो अन्तरक्रिया कार्यक्रमले थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्लान ईन्टरनेसनल, नेपालको सहयोग र साझा सवालका लागि साझा मंच (कोकन)को आयोजनामा गरिएको कार्यक्रममा नमुना नगर बाल संजालाका अध्यक्ष मनन खड्का, रामधुनी नगरपालिकाका योजना शाखा प्रमुख तथा बालमैत्री सम्पर्क ब्याक्ति हर्षलाल चौधरी, जिल्ला बाल संजाल सुनसरीका अध्यक्ष अशोक श्रेष्ठ, सुनसरीका बाल कल्ब पुर्व सदस्यहरु गृसमा लामिछने, चन्द्रकला बुढाथोकी लगाएत स्थानिय पत्रकारहरुको सहभागिता रहेको थियो ।

0 comments :

Post a Comment

 
Top