कार्तिक–१७, मंगलबार -अफगानिस्तानमा झण्डै ४० हजार बालबालिका नियमित खोप सेवा लिनबाट वञ्चित भएका छन् ।  पाँच वर्षमुनिका झण्डै दुई लाख ६५ हजार बालबालिकालाई नियमित खोप दिनुपर्ने तर तालिवानी विद्रोहीको पकड रहेको क्षेत्रमा ४० हजार बालबालिका दादूरा लगायतका रोगविरुद्धको नियमित खोपबाट वञ्चित भएका सरकारको दाबी छ ।

वादखशान प्रान्तमा तालिवान समूहले लगाएको प्रतिबन्धका कारण सरकारी गतिविधि सञ्चालन हुन नसक्दा ती बालबालिका नियमित खोप लिनबाट वञ्चित भएका प्रान्तीय जनस्वास्थ्य निर्देशक नुर खवारीले जानकारी दिनुभएको छ । उहाँका अनुसार तालिवान समूहको प्रभावक्षेत्रमा खोप कार्यक्रम प्रभावित भएको छ ।


0 comments :

Post a Comment

 
Top