–अनिशा गिरी
चिच्याएर ठूलो स्वरमा , रुदैमा
वा थर्काउदैमा
हत्यारा जस्तै गरेर भाग्ने दुस्साहस गर्ने पनि होइन
किनकी
अथाह पीडा र चोटहरु लाई सहन गरि
वेदना ले भरिएकी र निन्दा नगरिएकी
ममता कि खानी ,पवित्र मन भएकी म आमा बोल्दै छु ।

छोराहरू,
मलाई गलहत्याओ,
गाली गर,लच्छार ,पच्छार गर
तिम्रा बाबु र हजुराआमाले जस्तै
दिनहुुँ शब्द शब्दले मलाई चुट
ममता माथी भागबन्डा लगाउने म होइन
दाजुभाइ र देउरानी जेठानी
फुटाउने म होइन ,
मैले भनेर जेठानीले
देउरानिलाई माया नगरेकी हैन
माली गाई ,दुई माउ भैंसी
पधेरो खेतमा अंश का निम्ति
आपसमा लडाउने म होइन ,
तिमीहरुको लाठो र मुङ्रो हुनुमा
म कदापि दोषी छैन तेसैले श्राप नदेउ मलाई ।

आमा हुँ ,दुस्खमा आँसु खस्छ
चिसो वचन मन मा बस्छ
आँसु हरुलाई पुच्छ्दै
वचन हरुलाई बिर्सदै
उत्तिकै ममता दिन सक्छु
तिमिहरुलाई फेरि अगाँलो मा बेर्न सक्छु
आमा हुँ,पीडा पिएर मुस्कान उगाल्न सक्छु
बीस पिएर अमृत निकाल्न सक्छु
यति आउँछ मलाई
बस यति आउँछ मलाई ।

मलाई गाउले बुढी र चाउरिएकी
बेकामे ,कुरुप भन्ने तिमीहरु
आफुलाई बसन्त ऋतु को पालुवा सोचेर
चारैतिर मौलाउने तिमीहरु
आँखा बन्द गरेर सोध आफ्नै आत्मालाई
आमा कस्का लागि यस्ती भइन् रु
मलाई मात्र उस्ति नठान
म त ममता कि खानी ,निश्चल अनि पवित्र मन भएकी आमा बोल्दै छु ।
म आमा बोल्दै छु ।

0 comments :

Post a Comment

 
Top