२६,जेष्ठ ,२०७७
महिलाहरुको फेसबुक ग्रुप फेमिनाले  दाङमा  मदन श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ बिभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको उक्त समुहले कोभिड१९ को महामारि र लकडाऊनको समयमा समस्याले घेरि रहेको अवस्थामा दाङको तुलसीपुर ७ सल्यान रोड टिक्रापातु बस्ने मदन श्रेष्ठका छोराको असामयिक निधन भए पछि  मदन श्रेष्ठ स्वयमं छोराको क्रिया बस्नु भएको र  क्रियाकाजको  आर्थिक  सङ्कट देखिएको ले क्रियाकाज खर्च जोह गर्न नेवार समाज तुलसीपुरको पहलमा  आज महिला हरुको फेसबुक ग्रुप फेमिना बाट फेमिना ग्रुप दाङकि एडमिन नेवा शिक्षा श्रेष्ठ को उपस्थितिमा रू। ५००५ हस्तान्तरन गरिएको छ । उक्त समुहले देशका विभिन्न स्थानमा राहत बितरण समेत गर्दै आइरहेको छ ।

0 comments :

Post a Comment

 
Top