२४ जेष्ठ ,२०७७
राष्ट्रिय मानव अधिकार आयोगले लकडाउनको समयमा सञ्चारकर्मी माथि भएका दुर्व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ । लकडाउनको समयमा समाचार सङ्कलनमा हिँडेका २२ जना सञ्चारकर्मी पक्राउ परेको, धेरैलाई धम्की, आक्रमण र दुर्व्यवहार भएको, सूचना दिने निकायले सूचना नदिएको भन्दै आयोगले विना रोकटोक समाचार सङ्कलन गर्न पाउने अधिकारको रक्षा गरिदिन सरकारसँगै सम्बन्धित निकायसँग अनुरोध गरेको छ । साथै केही सञ्चारमाध्यमले सञ्चारकर्मीलाई तलब नदिएको र केही सञ्चारमाध्यम बन्द हुने अवस्थामा पुग्दा समस्या उत्पन्न भएकोप्रति पनि आयोगले ध्यानाकर्षण गराएको छ । आयोगले श्रमजीवी पत्रकारको पारिश्रमिक सुनिश्चित गरेर उनीहरुको सुरक्षाको लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।।

0 comments :

Post a Comment

 
Top