जेष्ठ–२७, ईटहरी
टिकटकमा बढ्दो लोकप्रियतासँगै कलालाई सम्मान गर्ने उद्देश्य सहित नेपालमै पहिलोपटक एरिना टेलिभिजनको आयोजनामा प्रभु पे टिकटक स्टार २०७७ प्रतियोगिता हुने भएको छ । प्रतिस्पर्धात्मक रुपबाट सञ्चालन गर्न लागिएको प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको हो । हरेक उमेर समुहका टिकटकमा रमाउनेहरुले यस प्रतियोगितामा भाग लिन सक्ने ओयजकले जनाएको छ । प्रतिस्पर्धाका लागि टिकटक प्रयोगकर्ताले प्रभु एप डाउनलोड गर्नुे पर्ने छ । डिजिटल प्रविधि मार्फत गर्न लागिएको यस प्रतियोगिताले व्यक्तिहरुको कलालाई उर्जागर गर्ने विश्वास लिइएको छ । प्रभु एप डोउनलोडगरी आफनो प्रतिभा सजिलै राख्न सकिने छ । कोरोना भाइरसबाट मानिसक त्रास बढिरहेकाले मानसिक त्रासलाई केही हदम्म कम गर्नलाई पनि यस पृथक कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सरोज श्रेष्ठले  बताएका छन् । श्रेष्ठले भिडभाड नगरी भौतिक दुरी कायम गरी अनलाइन माफर्त अडिसन लिइने पनि जानकारी गराएका छन् । हरेक उमेर समुहमा टिकटक एक लोकप्रिय माध्यम बन्दै गएकाले व्यक्तिहरुको कललाई अझ बढी विस्तार गर्नका लागि यस प्रतिस्पर्धाको आयोजना गर्न लागिएको बताएका छन् । यसैगरी श्रेष्ठले टिकटक प्रतिस्पर्धाले प्रयोगकर्तामा छुटै रौनकता थप्ने विश्वास पनि प्रकट गरेका छन् । उनले गुणस्तरीय तथा प्रभावकारी  टिकटक बनाएर प्रतिस्पर्धामा सहभागि हुनेलाई नगद रु पाँच लाखबाट पुरस्कृत गरिने पनि बताएका छन् ।। 

0 comments :

Post a Comment

 
Top