२४ जेष्ठ ,२०७७ 
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष देवेन्द्र पुनलाई ३ लाख घुससहित पक्राउ गरेको छ । वनको काठ खरिद गर्दा सहजीकरण गरिदिने भन्दै उनले ठेकेदारसँग घुस लिएको अख्तियारले जनाएको छ । सो घुसबापतको रकम लिँदै गरेको अवस्थामा पुनलाई शनिबार बिहान सालझन्डी १० सैनामैनाबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको जना
इएको छ ।

0 comments :

Post a Comment

 
Top