२४ जेष्ठ ,२०७७
पाकिस्तानमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आउँदो सोमबारदेखि लकडाउन खोल्ने भएको छ । प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा नै लकडाउनलाई खुकुलो बनाउने बताउनु भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका हुन् । प्रधानमन्त्री खानले देशको अर्थतन्त्रलाई बचाउन लकडाउनलाई लामो समयसम्म जारी नराख्ने बताउनुभएको हो । लामो समयसम्म लकडाउन गरी राख्दा मध्यमबर्गीय तथा श्रमजीवी वर्गको अवस्था नाजुक बन्नुका साथै देशको अर्थतन्त्रमा नराम्रो प्रभाव पर्ने बताउनुभयो ।।

0 comments :

Post a Comment

 
Top