२४ जेष्ठ ,२०७७ ,
लकडाउनको कारण अहिले सबैभन्दा  बढि मात्रामा  दैनिक मजदुरि गर्ने बिपन्न वर्गका परिवार मारमा परेको समयमा  महिलाहरुको फेसबुक ग्रुप फेमिनाद्वारा बिराटनगर वाड न.४ मा बिपन्न वर्गका १९ पारिवारलागि राहत बितरण गरिएको छ । बिगत २ बर्ष अगि खोलीएको उक्क्त  फेमिना ग्रुपमा देश भरिका महिलाहरु सदस्य रहेका छन । बिराटनगरमा मात्र  नभए र उक्त समुहले कोरोना भाइरसको माहामारीको समयमा देशका विभिन्न स्थानमा राहत बितरण    तथा अन्य सहयोग गर्दै आएको छ ।
लकडाउनको समयमा मात्र नभइ समस्यामा परेका र सहयोग आवश्यक परेका मानिसहरुलाई  सहयोग गर्न सधै आफू र आफ्नो ग्रुप तयार  रहेको बिराटनगर फेमिना मोडेरेटर कृपा थापाले बताइन ।

0 comments :

Post a Comment

 
Top