२६ जेष्ठ ,२०७७ 
नेपाल युवा परिषद जिल्ला  शाखा धनकुटाले नेपाल युवा परिषद प्रदेश नं.१ को समन्वयमा Sexual Health Reproduction Rights यौन स्वास्थ्य प्रजनन अधिकार  सम्बन्धि अनलाइन तालिम सम्पन्न गरेको छ  । उक्त अनलाईन   सेसनमा देश भरिबाट ३५ भन्दा युवाहरुको सहभागीता रहेको थियो ।   यौन स्वास्थ्य प्रजनन अधिकार अहिलेका युवाले जान्नै पर्ने विषय रहेको र उक्त  अन्लाईन तालिमले युवाहरुलाई उक्त विषयमा जान्न मदत गरेको र आगामी दिनमा यौन स्वास्थ्य प्रजनन अधिकार सम्बन्धि सचेतता मुलक कार्यक्रम गर्ने योजना रहेको  नेपाल युवा परिषद जिल्ला  शाखा धनकुटाका सयोजक  सुजन शाख्यले जानकारी दिनुभयो  । Zoom App मा भएको  उक्त तालिममा  युवा विकास केन्द्रको कार्यक्रम संयोजक  तारा चाम्लिङ राईले सहजिकण  गर्नु भएको थियो    ।

0 comments :

Post a Comment

 
Top