मंसिर–१४, सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ ले आईतबार बालमैत्री समिति र बाल अधिकार समितिको काम, कर्तव्य बारे अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

अभिमुखिकरण तथा अन्तरक्रिया रामधुनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा वडा बालमैत्री समितिका संयोजक राज कुमार चौधरीको अध्यक्षतामा रामधुनी नगरपालिका वडा नं. ३ सिङ्गीयाको सभाहलमा सम्पन्न गरेको हो । 

 विगत लामो समय देखि कोरोना भाईरस कोभिड १९ का कारण वडाले बालमैत्रीका सुचकहरुमा काम गर्न भने सहज थिएन, कोरोना भाईरसका कारण वडाले गर्नु पर्ने काम नहुदा बालमैत्री वडा बनाउन निकै काम गर्नु पर्ने देखिन्छ, ति कुरालाई मध्यनजर गर्दे वडा नं. ३ पनि काम गर्न कटिबद्ध रुपमा लागिरहेको छ, यसै सन्दर्भमा आज वडामा रहेको बालमैत्री समिति र बाल अधिकार समितिलाई आफ्नो काम कर्तव्य बारे एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । बाल अधिकार समिति र बालमैत्री स्थानिय समितिलाई आफ्नो कामको जिम्मेवारी बोध गरिई आगामी दिनमा काम गर्न सहज बातावरण सिर्जना गर्ने हेतुले कार्यक्रम संचालन गरिएको र बाल विवाह, बालश्रम, बालबालिका माथी हुने हिँसा सम्बन्धी सचेतना मुलक कार्यक्रम, बाल क्लब पून गठन, बालबालिकाहरुलाई नेर्तत्व तथा क्षमता विकास कार्यक्रम, टोल–टोलमा गएर बाल अधिकार, बालमैत्री सम्बन्धी सचेतना मुलक कार्यक्रम, विभिन्न स्थानमा हुडिन्ङ्ग बोर्ड लगाउने, अनुगमन गर्ने जस्ता क्रियाकलापहरु वडाले संचालन गरिसकेको र रामधुनी नगरपालिका वडा नं. ३ लाई बालमत्री वडा बनाउन ८० प्रतिशत कामहरु पनि सम्पन्न भएको वडा नं. ३ की बाल अधिकार समिति संयोजक टिका लक्ष्मी श्रेष्ठ खड्काले जानकारी दिनभयो । 

त्यसैगरि कार्यक्रमा सहभागी जनाउनु हुने काग्रेसका नगर सचिव दिल बहादुर राईले बालमैत्री अभियानमा हामी पनि जुटिरहेका छौ, व्यक्तिगत तथा पार्टि गतले दिनु पर्ने साथ र सहयोग सदैव रहेने जानकारी दिदै वडा लाई समयमा नै पूर्ण रुपमा बालमैत्री वडाको रुपमा घोष्णा गर्न सबैमा आग्रह साथै शुभकामना पनि व्यक्त गर्नु भएको थियो । 

रामधुनी नगरपालिका वडा नं. ३ वडा कार्यलयको आयोजनामा संचालन भएको अभिमुखिकरण तथा अन्र्तक्रिया कार्यक्रम रामधुनी नगरपलिकाका बालमैत्री सम्पर्क ब्यक्ति हर्षलाल चौधरी, बाल सहजकर्ता रविन ठाकुरले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रममा चाईल्ड हेल्प डेस्क रामधुनीका संयोजक अमन ढुङ्गेल, समाजसेवीहरु, विद्यालयका प्रतिनिधिहरु, विभिन्न पार्टिका प्रतिनिधिहरु, बालबालिका लगायत पधकारहरुको सहभागिता रहेको थियो ।

0 comments :

Post a Comment

 
Top