मंसिर–१०, सुनसरीको रामधुनीले बुधबारबाट  विद्यालयहरु संचालनमा ल्याएको छ । चैत ११ गते देखि कोरोना भाईसरका कारण बन्द भएका रामधुनीका विद्यालयहरु अहिले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर कक्षा ७ भन्दा माथिका कक्षाहरु संचालमा ल्याईएको हो ।

शैक्षिक सत्रको अन्त्य हुन थालेपछि कोरोना कहरका बीच पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई विद्यालय संचालन गरिएको रामधुनी नगरपालिकाका शिक्षा साखा राजन गेलालले बताउनु भयो । विद्यालय संचालन कार्यढाँचा, २०७७ अनुसार स्थानीय तहहरूले विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विद्यालयका प्रधानाध्यापकहरूसँग समन्वय गरी विद्यालय संचालन गरेको बताएका छन् ।

लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरूमा नकारात्मक असर पर्ने र शिक्षण सिकाइका वैकल्पिक विधिसमेत प्रभावकारी नहुँदा विद्यालय संचालन गरिएको हो ।


0 comments :

Post a Comment

 
Top