मंसीर–०४, रामधुनी ‘विपदमा बाल अधिकारको शुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाईएको छ । यसै सन्दर्भमा आज सुनसरीको रामधुनीमा पनि अन्तर्राष्ट्रिय बाल दिवस मनाईएको हो ।  सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा आजको दिनमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको हो ।

नेपालसहित विश्वका १९३ राष्ट्रहरूले यो महासन्धिलाई अनुमोदन गरिसकेका छन् । बालबालिकाहरूको आधारभूत आवश्यकताहरु पूरा गरी खुसी, शान्ति र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन सुरु गरिएको बाल हेल्प डेस्क रामधुनीका संयोजक तथा बाल क्लब पूर्व सदस्य अमन ढुङ्गेलले जानकारी दिए ।

त्यसै गरी अन्तराष्ट्रिय बाल दिवसको अवसरमा नमुना नगर बाल संजाल रामधुनीले निवन्ध तथा  खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । नमुना नगर बाल संजाल रामधुनीको आयोजना तथा रामधुनी नगरपालिका, बालमैत्री स्थानिय शासन समिति, बाल अधिकार समिति र साझा सवालका लागि साझा मञ्च कोकन, यूथ क्रियशन सेभ द अर्थ सुनसरी लगायत संस्थाहरुको सहकार्यमा प्रतियोगिता सम्पन्न गरिएकोे हो ।

प्रतियोगितामा रामधुनी नगरपालिकाका सबै वडाहरुमा आयोजनामा गरिएको निवन्ध तथा  खुल्ला चित्रकला प्रतियोगितामा प्रत्येक वडा बाट २ जना बालक र बालिका गरि छानिएर  नगरमा पठाईएका सोहि प्रतियोगीहरुबाट नमुना नगर बाल संजाल रामधुनीले प्रतियोगिता आयोजना गरिएको नमुना नगर बाल संजालका अध्यक्ष मनन खड्काले जानकारी दिए ।

निवन्ध प्रतियोगितामा प्रथम, वडा नं. ५ की कन्चन खतिवडा, द्धितृय वडा नं. ७ की निकिता साह, तृतिय वडा नं. ६ कि कोपिला रेग्मी, सानत्वना वडा नं. २ कि प्रविना राई भएका छन् । त्यसैगरि चित्रकला प्रतियोगितामा २ वटा समुह रहेको थियो जसमा १२ वर्ष मुनिका समुहबाट प्रथम वडा नं. १ की स्नेहा ठाकुर, द्धितृय वडा नं. ३ की मनिका श्रेष्ठ, तृत्य वडा नं. ५ का संगम राई, सानत्वना वडा नं. ४ की पलपासा डाङ्गी भएका छन् त्यसैगरि १३ वर्ष देखि १८ वर्ष सम्मको उमेर समुहमा प्रथम वडा नं. १ का भोला सरदार, द्धितृय विशाल कार्की, तृत्य क्रिसा तिमिलसिना, सानत्वनामा ऐश्वर्या सुवेदि भएका छन् । प्रतियोगितामा निवन्ध तर्फ विमल गुरागाई, चित्रकला तर्फ हरी शंकर चौधरीले निर्णायकको भुमिका निवार्ह गर्नु भएको थियो ।

नमुना नगर बाल संजालले आयोजना गरेको निवन्ध तथा चित्रकला प्रतियोगितामा अहिलेको समयमा कोरोना भाईरस कोभिड १९ का कारण बालबालिकामा परेको असर र बालमैत्रीको बारेमा बालबालिकाले बुझेको कुरालाई निवन्ध तथा चित्रण द्धारा उतार्न लगाईएको र विपदमा बाल बालिकाको अवस्थामा आधारीत रहेर प्रतियोगिता आयोजना गर्न सहयोग गरिएको रामधुनी नगरपालिकाका बालमैत्री सम्पर्क ब्यक्ति हर्षलाल चौधरीले बतएका छन ।  

उक्त प्रतियोगितामा प्रमुख अतिथि रामधुनी नगरपालिकाका नगरप्रमुख जय प्रकाश चौधरी, विशिष्ठ अतिथि रामधुनी नरपालिकाकी उप–प्रमुख सबिना चौधरी रहेको थियो भने नमुना नगर बाल संजालका अध्यक्ष मनन खड्काको अध्यक्षता रहेकोे थियो ।  कार्यक्रममा शिक्षा साखा प्रमुख राजन गेलाल, बाल अधिकार समिति संयोजक शर्मिला बि.क, वडा अध्यक्षहरु, वडाका बालमैत्री सम्पर्क व्यक्तिहरु, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, बाल क्लब पूर्व सदस्यहरु, बालबालिकाहरु लगायत पत्रकारहरुको सहभातिता रहेको थियो ।


0 comments :

Post a Comment

 
Top