कार्तिक–१७, मंगलबार -नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको कुल सङ्ख्या एक हजार चार पुगेको हो । 

यस्तै पछिल्लो २४ घण्टामा तीन हजार एक सय १४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या एक लाख ७९ हजार ६ सय १४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार एक सय ६६ जनाको नमुना परीक्षण भएको हो ।  त्यस्तै मङ्गलबार तीन हजार एक सय ४२ जना सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या एक लाख ४१ हजार एक सय ३४ पुगेको छ ।   अब ३७ हजार चार सय ७६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने एक हजार दुई सय ७७ जना क्वरेण्टीनमा रहेका छन् ।  


0 comments :

Post a Comment

 
Top