कार्तिक–१७, (एजेन्सी) मंगलबार -अस्ट्रेलियाली अलराउण्डर शेन वाट्सनले सबै खालका क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । ३९ वर्षीय क्रिकेटरले मङ्गलबार एक भिडियोमार्फत सन्न्यासको घोषणा गरेका हुन् । 

‘एउटा अध्याय बन्द हुन्छ र अर्काे नयाँ र उत्साहजनक अध्याय खुल्छ’, वाट्सनले आफ्नो भिडियोमा भनेका छन् । यस संस्करणको चेन्नई सुपर किङ्ग्सको अन्तिम खेल, किङ्ग्स एलेभेन पञ्जाबविरुद्धको खेलमा वाट्सनले सन्न्यासबारे कुरा गरेका थिए ।  वाट्सनले अन्तर्राष्ट्रिय क्रिकेटबाट भने सन् २०१६ मा नै सन्न्यास लिएका थिए । वाट्सनले सन् २०१८ मा चेन्नईलाई आईपीएलको उपाधि जिताउन फाइनलमा शतकीय पारी खेलेका थिए । यस संस्करणमा वाट्सन चल्न नसके पनि उनले आईपीएल करियरमा तीन हजार आठ सय ७४ रन बनाउँदै ९२ विकेट पनि लिएका छन् । चेन्नईसँग जोडिनुअघि वाट्सनले राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबाट पनि खेलिसकेका थिए । उनले सन् २००८ मा आईपीएलको उद्घाटन संस्करणमा रोयल्सलाई उपाधि जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।


0 comments :

Post a Comment

 
Top