कार्तिक–१७, मंगलबार -कक्षा १२ का विद्यार्थीले होम सेन्टरबाट परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यार्थीले पढेकै विद्यालयको सेन्टरबाट परीक्षा दिन पाउने बताउनुभयो । परीक्षा बिहान ८ बजे देखि साढे ९ बजे सम्म डेढ घण्टा मात्रै हुनेछ । विद्यार्थीले दिने परीक्षा ४० पुर्णाङकको हुनेछ । बाँकी ४० प्रतिशत कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मुल्यांकनबाट गरिने बोर्डले जनाएको छ । 

स्थगित भएको सात महिनापछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षाको तालिका आगामी मंसिर ९ गते देखि सञ्चालन गर्ने गरी सार्वजनिक गरेको छ । गत बैशाख २१ गतेका लागि तोकिएको परीक्षा कोभिड १९ संक्रमण जोखिमका कारण चैत २५ गते स्थगित गरिएको थियो ।

बोर्डले सार्वजनिक गरेको तालिकामा कोभिड संक्रमित विद्यार्थीको परीक्षा पछि लिने व्यवस्था गरिएको छ । अन्य विद्यार्थीका हकमा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको बोर्डको दाबी छ । 

0 comments :

Post a Comment

 
Top