मंसिर–१०, महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ । हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो । उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा बुद्धिराजको मृत्यु भएको ग्रान्डी अस्पतालमा जेनेरल मेनेजर विकासमान सिंहले रातोपाटीलाई बताए । बर्दिबास नगरापालिका–१  घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो । 

६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले  गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको उपचार भइरहेको छ । साभार रातो पाटी

0 comments :

Post a Comment

 
Top