मंसिर–०८, सुनसरीको रामधुनी नगरपालिका वडा नं. १ मा रहेको जेष्ठ नागरिक सभाहलमा बालमैत्री स्थानिय शासन (सि.एफ.एल.जी) को स्थिति पत्र तयारी तथा पञ्चवर्षिय रणनिति योजना कार्यशाला आज बाट सुरु भएको छ । 

रामधुनी नगरपालिका वडा नं. १ वडा कार्यलयको आयोजनामा भएको सो कार्यक्रममा आज पहिलो दिन रामधुनी नगरपालिका वडा नं. १ लाई बालमैत्री वडा बनाउनका लागि आवश्यक ३९ वटा सुचकहरु र नगरपालिकाले थप १ गरि ४० वटा सुचकहरुमा छलफल तथा कार्यशाला भएको थियो । बलबालिकाको चौतर्फि अधिकारहरु बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार, सहभागिताको अधिकार र संस्थागत विकासको अधिकारहरुमा गहन छलफल गरिएको थियो । यस्तै वडा नं. १ ले हाल सम्म कति प्रतिशत काम गरिसक्यो भनि कार्यशालामा छलफल समेत गरिएको थियो ।

रामधुनी नगरपालिका वडा नं. १ ले बालमैत्री वडा बनाउनका लागि ४० वटा सूचकहरुमा काम गरिरहेको  र सूचकहरुमा ८५ प्रतिशत काम भईसकेको र अब १५ प्रतिसत काम भने कोरोना भाईरस कोभिड १९ का कारणले हुन नसकेको र अब केहि सहज भएको हुनाले बाकी रहेका अरु कामहरु पनि चाडै सक्ने योजना रहेको छ । त्यसैगरि बालमैत्री नगर बनाउने अभियान अन्र्तगत  वडा नं. १ मा बालबालिका सम्बन्धी के के काम भएका छन् ? त्यसको अवस्था मापन गर्ने, सुचकहरुमा के कति काम भए, बालमैत्री घोषण पश्चात पनि टिकाई राखको लागि के के क्रियाकलापहरु गर्न सकिन्छ जस्ता विषयमा आधारीत रहेर पञ्चवर्षिय रणनिति योजना तयार पार्नका लागि कार्यशाला संचालन गरिएको रामधुनी नगरपालिका वडा नं. १ का बालमैत्री सम्पर्क ब्यक्ति रबिन ठाकुरले बताएका छन् ।


यता रामधुनी नगरपालिका वडा नं. १ बालमैत्री वडा बनाउन लागि परिरहेको तर विसम परिस्थिले निमत्याएको कोरोना लाई मध्यनजर गर्दै काम गरिरहेको र अब वडा नं. १ लाई चाडै नै बालमैत्री वडाको रुपमा घोषणा गर्ने तयारीमा रहेको वडा अध्यक्ष महेश चौधरी बताउछन ।

त्यसै गरि वडा नं. १ मा रहेको वडा बाल संजालले बालमैत्री वडा बनाउनका लागि सम्पुर्ण टिम जुटिरहेको र बालबालिकाहरुमा रहेको विभिन्न प्रकारका समस्याहरुलाई पनि समाधान गर्दै गईरहेको वडा बाल संजालकी अध्यक्ष पृति चौधरी बताउछिन् ।

बालमैत्री स्थानिय शासन (सि.एफ.एल.जी) को स्थिति पत्र तयारी तथा पञ्चवर्षिय रणनिति योजना तयारी कार्यशालाको पहिलो दिन रामधुनी नगरपालिकाका बालमैत्री सम्पर्क ब्यक्ति हर्षलाल चौधरी, बाल सहजकर्ता राज कुमार साह र रबिन ठाकुरले सहजिकरण गर्नु भएको थियो भने कार्यक्रममा चाईल्ड हेल्प डेस्क रामधुनीका संयोजक अमन ढुङ्गेल, शिक्षा शाखा प्रमुख राजन गेलाल, जनप्रनिधिहरु, विद्यालय प्रतिनिधिहरु, स्वयमसेविकाहरु, बाल अधिकार समितिका पदाधीकारीहरु, वडा बाल संजालका बालबालिका लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

0 comments :

Post a Comment

 
Top