मंसिर–१० लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतना मुलक कार्यक्रम गरेर विश्वभर लैंगिक हिंसाविरुद्धको अभियान मनाउने गरिन्छ । महिलाविरुद्ध हुने सबै हिंसा अन्त्यको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) देखि यो अभियान सुरु हुन्छ ।  यो वर्ष १६ दिने अभियानलाई कोरोना भाइरसको विश्वव्यापी महामारीसँग जोडिएको छ ।  महामारीको समयमा विशेष गरी महिलाहरुलाई अत्यावश्यक सेवामा पहुँच नपुगेको तथा हिंसाका घटना बढेको र सुरक्षित स्थानसम्म प्रभावितको पहुँच नपुगेको देखिएकाले अहिले र भविष्यमा आउन सक्ने यस्ता महामारीजन्य अवस्थामा लैंगिक आधारमा हुने हिंसा र फरक व्यवहार अन्त्यका लागि यो वर्षको अभियान केन्द्रित हुने संयुक्त राष्ट्रसंघले जनाएको छ ।


0 comments :

Post a Comment

 
Top