प्रेम गिरि

दुहबी, सुनसरी
दुहबी जेसिजको जेसिज सप्ताह २०१९ समुद्घाटन समारोह सम्पन्न भएको छ । बुधबार श्री सरस्वती माध्यमिक विद्यालय भबनमा दुहवी नगरपालिका उपप्रमुख सुनिता दहाल साहको प्रमुख अथितय्तामा भएको कार्यक्रममा विशिष्ट अतिथि श्री सरस्वती मा। वि। का प्र। अ। नागेन्द्र लाल देव रहनु भएको थियो । कार्यक्रमलाई गोकुल किड्स स्कुलले सौजन्य गरेको थियो भने कार्यक्रम संयोजक जेसी वन्दना रौनियार रहेकी थिइन । सो अबसरमा लागुपदार्थ दुर्व्यसन तथा साइबर अपराध बिरूद्ध सचेतना कार्यक्रम समेत गरिएको थियो । 
उक्त कार्यक्रमका प्रमुख प्रशिक्षक इप्रका दुहवीका प्रहरी निरीक्षक प्रविन कार्की रहनु भएको थियो । सचेतना कार्यक्रमको सौजन्य फरवार्ड कम्युनिटी हेल्थ केयर प्रा। लि। दुहवी(४ ले गरेको थियो भने कार्यक्रम संयोजक जेसी युवराज चौधरी रहनु भएको थियो । सप्ताहव्यापी कार्यक्रममा शुक्रवार जेसिज वान मिनेट कार्यक्रम तथा दुहबी जेसिज र दुहवी नगरपालिकाविच मैत्रिपूर्ण फुटबल प्रतियोगिता,शनिवार स्लो मोटरसाईकल रेस र कर्पोरेट व्याडमिन्टन प्रतियोगिता, आइतवार अन्तर विद्यालय स्तरिय डोरी तान प्रतियोगिता र समापन तथा पुरस्कार वितरण समारोह कार्यक्रमको आयोजना गरिने जेसीज सप्ताह कार्यक्रमका मूल संयोजक दिपेस राउतले जानकारी दिएका छन ।

0 comments :

Post a Comment

 
Top