रामधुनी, मानव सभ्यताको विकास संगै  सुचना तथा प्रविधिको पहुच हरेक नागरिक संग पुगे संगै पछिलो समय अन्लाईन डान्स कृयु खोल्ने अनि युटुब मार्फत स्थापित हुने एउटा लहर्को नै लागेको थियो । त्यसैमा लहर्कोमा बाजिमार्न सफल अनि छोटो समयमा नै  स्थानीय स्थरमा ठूलो लोकप्रियता कमाई स्थापित हुन सफल भएकोकृयु हो वन वय डान्स कृयु ।  बाल्यकाल देखिनै आफू  नाच गानमा अत्यन्त रुचि राखेको बताउछन उर्फ ओन वये डान्स कृयुका आईजल तथा जन्मदाता अनमोल लिम्बू  । समयक्रम विकास संगै रुचि पनि झन बढ्दै गरेको र अरुबाट सिक्ने क्रम जारी राखि आफुले सिकेको नाच क्रीश्मस, तिहार तथा कार्यक्रममा भाइ बहिनीहरुलाई सिकाउथे आफुले सिकाएरको कुरा भाइ बहिनीले स्टेजमा प्रस्तुती गर्दा र  दर्शकहरुबाट सकरात्मक प्रतिकृया आउदा आफुलाई खुसी लाग्ने र अझ महेनत र परिश्रम गरि यसै क्षेत्रामा निरन्तर आवद्ध हुने हौसला मिलेको लिम्बु बताउछन ।

वन वय डान्स कृयुको स्थापना

कृष्टल कृयुका सन्देश जङ्ग राणाबाट प्रभावित भएर सुरुमा अनमोल एकल प्रस्तुती मोबाईलबाट खिचेर आफ्नो युटुब च्यानमा २०७४ साल असारको अन्त्य देखि  हाल्न थाले । ३ वटा एकल प्रस्तुती दिए पछि असोजको पहिलो हप्तातिर कामकै क्रममा उनको भेट आकाश चौधरी र बिपिन विकसंग भयो र विस्तारै चिनजान  र घनिष्टता भढ्दै गयो । त्यसै अन्तरालमा एउटा कृयु निर्माण गरेर संगै काम गर्न प्रस्ताव आएपछी अनमोलले त्यो प्रस्ताबलाई स्विकार गरि वन वय कृयुको निर्माण गरि सगै काम गर्न थाले । 

भिडियो सुटिङ र युटुब च्यानल

कृयुको स्थापना भए संगै केही दिनको अभियास पछि कभर डान्स भिडियो बनाउने निधो भए पछि अनमोलले आफ्नो कलेजको खाजा खर्च बचत गरि रकम जम्मा गर्न गर्न थाले । यसै अन्तरालमा राम्रो प्राविधिक तथा सञ्चार ज्ञान भएका  उनको निकट मनिश शाहले पनि कृयुमा आवद्ध भई काम गर्ने  इच्छा देखाए पछि, उनलाई पनि टिममा सामेल गराईयो र उनकै सल्लाहमा वन वे डान्स कृयुको अफिसिएर युटुब च्यानल बनाईयो । त्यस पछि १ महिनासम्म बचाएको  खाजा खर्च र केही  साथिहरुबाट जम्मा गरि करिव ५००० जति रकम जम्मा भएपछि कभर डान्स भिडियो सुटिङ गर्न थालियो । जसमा कोरियोग्राफर, डाइरेक्सनको काम स्वयम् लिम्बू आफैले गर्थे, ईडिटिङ्ग र मिसिङ्ग मनिसले गर्थे । ईडिटिङ्ग गर्न ल्यापटप आफ्नै भएकाले  ५००० मा खर्च भनेको ४००० रुपैयाँमा फोर के  क्यामरा भाडामा ल्याउने र बाकी पैसा खाजा  र यातायातमा खर्च गरिन्थियो । साथै बिस्तारै क्यामरा भाडामा लिने निरन्तर ग्राहक भनेर क्यामरा भाडा ३००० रुपैयाँमा पसले दाईले  झारिदिएको बताउछन् उनी। आवश्यकता बमोजिम नव कलाकारहरुलाई अधिकांस अनमोलकै कलेजेको साथी  ल्याइथियो जसमा प्राय निशुल्क र केहिलाई पारिश्रमिक  समेत प्रदान गर्नु पर्थियो । लिम्बू भन्छन पहिलो भिडियो बनाउदा अलिक अप्ठ्यारो महशुस भएको थियो तर पछि बानी पर्दै गएपछी सहज महसुस हुन थाल्यो । 

पहिलो कभर डान्स च्यानलमा अपलोड गरेपछी रामै प्रतिक्रिया आएपछि अझ यो क्षेत्रमा निरन्तर लाग्न थप हौसला मिलेको उनी बताउछन । अनि यो कार्य निरन्तर चली रहयो र अन्त्य तह हाम्रो च्यानल मोनिटाईजेसान भयो र त्यो दिन हाम्रो सपना पूरा भएको थियो जसको श्रेयय मनिस भाईलाई जाने उनी बताउछन ।  

कृयुको सबै भन्दा धेरै लोकप्रियता पाएको कभर डान्स भिडियो भनेको माया माया रहेको थियो जसको भिउज ४० हजार पुगेको थियो । पछि बाबा प्रोडक्सनले त्यसमा कतचष्पभ  हान्यो । सुरुमा त के गर्ने थाहा भएन छायाबाट खसेझै भएको थियो सर स्टिक लागो भन्दा त,  जसो तसो गरेर त्यो प्रोडक्सन लाई सम्पर्क गरि पुरै २  दिन लगाएर माफी फकाउदा फकाउदा गरेर स्टिक हटाउन अनुरोध गरिम , उनिहरुले स्टिक हटाई दिए   लामो सास फेर्दै भन्छन अनमोल । त्यसपछि भने अझ सतर्क भैइ अनुमती लिएर मात्र मबलअभ अयखभच गर्ने थालेको बताए । हाल भए उनिले झुम्का बजारमै केही यूनिक डान्स सेन्टर खोलेका छन। सम्बबत झुम्काको पहिलो डान्स कन्टेन्ट युटुब कृयटर भएको दाबी उनी गर्छन ।

1 comments :

 
Top