इटहरी : नेपाल युवा परिषद् प्रदेश १ ले आयोजना गरेको प्रदेश युवा २०२० (भर्चुअल) सम्पन्न भएको छ । जुम एप मार्फत भदौ १९ र २० गते भएको सम्मेलनमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई प्रमुख अतिथिको रुपमा उपस्थित भएर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । उहाँ मुख्यमन्त्रीको कार्यालय विराटनगरबाटै सम्मेलानलाई सम्बोधन गर्नुहुँदै प्रदेश १ का २ सय भन्दा बढि युवाहरुसँग जेडिन पाएकोमा नेपाल युवा परिषदलाई आभार प्रकट गर्नुभयो ।

सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री राईले जस्तो सुकै कठिन परिस्थिति आए पनि आफ्नो लक्ष्य प्राप्तिमा युवा धैर्यताका साथ इमान्दार र निस्वार्थ रुपमा लाग्नु पर्ने बताउनुभयो । ‘कोभिड १९ का कारण रोजगार गुमाएका स्वदेश तथा विदेशमा रहेका २५ सयबढी युवालाई रोजगारीको अवसर सृजना गरिने र सोको लागि अनलाईनमार्फत फारम भरेर सहभागी बन्न सक्नुहुने छ’, मुख्यमन्त्री राईले भन्नुभयो । उहाँले प्रदेश सरकारले युवालाई सिप सिकाउनकै लागि छुट्टै बजेटको ब्यवस्था गरिएको समेत जानकारी दिनु भयो ।

बेलका नगरपालीकाका नगर प्रमुख दुर्गा कुमार थापा (स्वस्तिक)ले सुशासन स्थापना भए मात्र प्रजातन्त्र स्थापना भएको महशुस हुने जानकारी गराउँदै युवाहरुलाई पारदर्शी बन्न अनुरोध गर्नुभयो । ‘सुशासन भनेको प्रजातन्त्रको पर्याय हो । सुशासन स्थापना हुनु नै प्रजातन्त्रको सहि अभ्यास हो । सुशासनको अर्को अर्थ पारदर्शीता पनि हो’, नगर प्रमुख थापाले भन्नुभयो । ‘म एक नगरपालिकाको मेयर हुँ । मैले मेरो नगरमा भएको हरेक कामको पारदर्शीता पुर्ण ढङ्गले गर्नु मेरो दायित्व हो’ उहाँले भन्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गो गो फाउन्डेसनका केदार खड्का कुनै पनि देशले भ्रष्टाचालरलाई शून्य पार्न नसकेको भन्दै अब युवाहरुलाई भ्रष्टाचार न्यूनिकरणमा लाग्न सुझाव दिनुभयो । ‘हामीले भ्रष्टाचारलाई शून्यमा झार्न सक्दैनौँ बरु त्यसको मात्रालाई कम गर्न सक्छौँ । सरकार, राजनैतिक दल र प्रशासन तथा नागरीकले आ–आफ्नो ठाउँबाट प्रयास गरे हाम्रो देशमा सुशासन स्थापना हुन्छ र भ्रष्टाचारलाई कम गर्न सकीन्छ’, उहाँले भन्नुभयो । नेपालमा भ्रष्टाचार मौलाउनुको पछाडी सरकार मात्रै नभएर नागरिक स्तरबाट पनि भ्रष्टाचारलाई प्रसय गरेको पाइएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रदेश युवा सम्मेलनाको उद्घाटन सत्रमा बोल्दै परिषदका अध्यक्ष सरोज बानियाले कोरोनाको महामारिमा भौतिक रुपबाट कार्यक्रमा गर्न नसके पनि भर्चुअल रुपमा युवाहरुलाई जोडिएको जानकारी दिनुभयो । ‘प्रदेश युवा सम्मेलन मार्फत् हामीले प्रदेश १ का जुझारु युवाहरुलाई विभिन्न विषयवस्तुमा विभिन्न बक्ताद्धारा जानकारी प्रदान गर्ने छौँ । साथै युवाहरुलाई विभिन्न काम गर्न थप उत्प्ररण गर्न युवा सम्मेलन गरेका हौँ’, उहाँले भन्नुभयो ।

कृषि उद्यमी सुनिता न्हेमाफोकीले नेपाली युवाहरुले काम सुरु गर्नु भन्दा समस्या देखाउने प्रवृति त्यग्नु पर्ने बताउनुभयो । ‘नेपालको कृषि क्षेत्रमा काम गर्ने विभिन्न सहकारी संस्था र अन्य संघसंस्थालाई दुरदराजमा रहेका कृषकहरुसँग युवाहरुले जोड्ने कामको सुरुवा गर्नुहोस्’, उहाँले भन्नुभयो । साथै उहाँले नेपालको प्रदेश १ कृषिका लागि अरु प्रदेश भन्दा अवल रहेकोले युवाहरुलाई कृषि पेश तर्फ उन्मुख हुन सुझव दिनुभयो ।

सम्मेलन उदयपुरको बेलका नगरपालिका, रौतामाई गाउँपालिका, धनुटाको धनकुटा नगरपालिका, वल्र्ड भिजन नेपाल र नेपाली जुटौं बाल विबाह हटाउँ नामक संस्थाल तथा प्रदेशमा रहेका अन्य ४० भन्दा बढि संस्थाहरुको समन्वयमा सम्पन्न छ ।

0 comments :

Post a Comment

 
Top