भदौ-२८, काठमाडौँ -राष्ट्रिय बाल दिवस २०७७ को सन्दर्भमा बालअधिकार संरक्षणमा युवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

राष्ट्रिय युवा परिषद्, परिक्षण जागृति बाल तथा युवा सरोकार नेपाल र बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरुले बालबालिकाको हक हित तथा अधिकार संरक्षण प्रवद्र्धनमा युवाको भुमिका महत्वपुर्ण हुने कुरामा जोड दिएका छन् ।

सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, बालिका अधिकारका लागि राष्ट्रिय सञ्जाल, परिषद्मा आवद्ध सामाजिक संघसंस्था सञ्जालको समेत सहकार्यमा सम्पन्न कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले बालबालिका अहिलेको साझेदार पनि र भोलि युवा पनि हुन् तसर्थ बालबालिकाको संरक्षण युवाहरु संरक्षणमा युवाहरु लाग्नुपर्ने भन्दै राज्यले बालसंरक्षणको सन्दर्भमा लागिरहेको कुरामा दिदै नीति कार्यक्रम बजेटलाई कार्यन्वयन गर्दै १० वर्षे कार्य योजना बनाउन लागेको बताउनु भएको थियो । कार्यक्रममा बालअधिकार परिषद्को कार्यकारी निर्देशक मिलनराज धरेलले, बालक्लवका पूर्व सदस्यहरुलाई सामाजिक उत्प्रेरकका रुपमा बालबालिकाको संरक्षणको निम्ति स्थानीय तहमा परिचालन गर्नुपर्ने कुरामा जोडदिदै विपद् कोभिडबाट नभई सबै बालबालिकाको अधिकारको संरक्षणप्रबद्र्धन राष्ट्रिय युवा परिषद्सँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।


जागृति बाल तथा युवा सरोकार नेपाल तथा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक तिलोत्तम पौडेल र सदस्य विपना शर्माको स्वागतमा सम्पन्न कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष माधव ढुङ्गेलले गर्नु भएको थियो ।

एन.ए.सि.जि.का अध्यक्ष कृष्णचन्दं आचार्य, राष्ट्रिय मानव अधिकार आयोगकी मञ्जु खतिवडा, युनिसेफकी प्रज्ञा कार्की, सेभ द चिल्ड्रेनका रबिन्द्र गौतम, वल्र्ड भिजन इन्रनेशनलका श्याम अधिकारी, बालिका प्रतिनिधि कृष्टिना बस्नेत, एस.ओ.एस.का ईश्वरीप्रशाद शर्मा, आयोनका अध्यक्ष जगदिश ऐर, अधिकारकर्मी समिर नेपाल, दिपक शर्मा लगायतले बालबालिकाको संरक्षणमा युवाहरुले संचेतना अभिबृद्धि गराउने, विपतमा सहयोग समन्वय सहकार्य गर्ने, हिंसाका विरुद्ध उजुरी दिने, बालमैत्री स्थानीय शासन, बालिका सशक्तिकरण, बाल संवदेनशील सामाजिक सुरक्षाको प्रबद्र्धनमा उत्प्रेरकको भूमिका निर्वाह गर्ने कुरामा जोड दिएका थिए ।


१०० जना भन्दाबढीको सहभागिता रहेको कार्यक्रम राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा “विपतमा बालअधिकार शुनिश्चितता, हामी सबैको साझा प्रतिबद्धता भन्ने नाराका साथ आयोजना गरिएको थियो । कार्यक्रमको निश्कर्ष स्वरुप बालअधिकार उत्प्रेरकको रुपमा राष्ट्रिय बालअधिकार परिषद् र राष्ट्रिय युवा परिषद्का बीचमा समझदारी गरी अघि बढ्ने बताउँदै उपाध्यक्ष माधव ढुङ्गेलले बाल संरक्षणसँगै समग्र सामाजिक विकासमा हातेमालो गर्न सबै विकासका साझेदार संघ संगठनलाई आह्वान गर्दै समापन गर्नु भएको थियो ।

प्रत्येक वर्ष भाद्र २९ गते २०६२÷०६३ को जनआन्दोलन पछि बाल अधिकार महासन्धि अनुमोदन भएको दिनमा विविध कार्यक्रम साथ मनाउँदै आईरहेको छ । स्रोत : puraisamaachaar.com

0 comments :

Post a Comment

 
Top