असोज–०३, रामधुनी -आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । २०७२ साल असोज ३ गते संविधानसभा मार्फत् संविधान घोषणा भएको दिनको सम्झनामा असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको छ । 

त्यसै गरी संविधान दिवसको अवसर पारेर रामधुनी ४ मानपुरका युवाहरु मिलेर विभिन्न कार्यक्रम गरेका छन् । उनीहरुले संविधानको सम्मान गर्दै  नेपालको नक्सा बनाएर दिप प्रज्वलन, सहिदहरुको सम्झानामा मौन धारण र जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम सहित नेपालको झण्डा फहराएका छन् ।

संविधानले सबैलाई समेट्न सकोस् र सबै नागरिकहरुको हकको सुनिश्चितता होस् भन्ने उत्साहका साथ आज संविधान दिवस मनाइएको युवाहरुको भनाई छ । साथै सहिदहरुले दिएको योगदानको पनि सम्झना गरेका छन् । उनीहरुले जीवनको उत्तराद्र्धमा आफ्नो जीवन व्यतित गरिरहे ज्येष्ठ नागरिकहरुलाई  सम्मान गरेका छन्  । ज्येष्ठ नागरिकहरुको देशको ज्युदो इतिहास भएको र देश यहाँ सम्म आइपुग्नुमा ज्येष्ठ नागरिकहरुको महत्वपूर्ण भुमिका रहेको हुनाले उनीहरुको सम्मान गरिएको उनीहरुले बताएका छन् ।


रामधुनी ४ मानपुर बैठारमा सम्पन्न भएको कार्यक्रममा वडा ४ का वडा अध्यक्ष मनिस चाधरीको प्रमुख आथित्यता रहेको थियो भने कार्यक्रममा अथितिका रुपमा वडा सदस्य कमल कार्की, लालपुर प्रहरी चौकीका प्रमुख  मेघ कुमार कार्की, समाजसेवस् तथा राष्ट्रिय कराते संघका प्रशिक्षक हरी बहादुर राउत र वन समिती वडा नं. ४ का अध्यक्ष रामशेवक साह रहेका थिए ।

त्यस्तै कार्यक्रममा युवा मनोज खड्काले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन रमेश खड्काले गरेका थिए ।

0 comments :

Post a Comment

 
Top