–सरकारले असोज ५ गतेबाट आन्तरिक उडान र सार्वजनिक सवारी साधन ९छोटो, मध्यम र लामो दूरीको० संचालन गर्न दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको छ।

सरकारले लामो दुरीको यातायातका साधन असोज ५ देखि सञ्चालन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ देखि लामो दुरीको बस सञ्चालन गर्न दिने निर्णय भएको एक मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार यातायातका साधानले सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्न पाउनेछन् ।

गत चैत ११ गतेदेखि लकडाउन भएपछि सार्वजनिक यातायात बन्द थियो भने व्यवसायीले खुलाउन माग गर्दै आएपनि सरकारले जोखिम रहेको भन्दै सञ्चालनको अनुमति दिएको थिएन ।

0 comments :

Post a Comment

 
Top