भदौ-३०, ईटहरी -चिनिँया एप टिकटकको प्रयागकर्ता नेपालमा  पछिल्लो समय निकै नै देखिएको छ । यसको प्रयोगकर्ता सँग एउटा मोबाइल र इन्टरनेट भयो भने मानिसहरु एक्लै पनि रमाउन थालेका छन् ।

सबैलाई आफुतिर आकर्षण गर्न सफल टिकटक माध्यमबाट मानिसहरु एक्लै पनि रमाउन थालेका छन् । मनोरञ्जनको लागि निकै नै लाभदायक देखिएको टिकटक प्रयोगकर्ता नेपालमा बढ्नुका साथै यो एउटा समय कटाउने मेलो भएको छ भने युवा युवतीको लागि आफ्नो प्रतिभा देखाउने  एउटा राम्रो प्यालटफमको रुपमा पनि देखिएको छ ।

टिकटकमा आम व्यक्तिदेखि स्रेलिबे्रटिहरु पनि रमाइरहेका छन् । आफुलाई मनपर्ने गीत तथा फिल्मको डाइलगमा अभिनय गरेर आफ्नो चाहाना पुरा गर्न बालबच्चा देखि बृद्धबृद्धासम्मले यसको साहारा लिएको पाएन्छ ।

टिकटक प्रयोग गरेरै कतिले अवसर पाएका छन् भने कति अवसरको पर्खाइमा रहेका छन् ।

कोरोना भाइरसको कारण भएको लकडाउले त टिकटक प्रयोगकर्ता बढेका छन् भने लकडानमा घरमै बसेर अल्छिपना हटाउन समेत यसले मद्दत गरिरहेको छ ।

अझ भनौ नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो रहेको समयमा क्वारेन्टाईन र आइसोलेसनमा बस्ने संक्रमितहरुको लागि भने मानसिक तनाव तथा एक्लोपना दुर गर्ने एउटा गतिलो माध्यम बनेको छ ।

0 comments :

Post a Comment

 
Top