भाद्र-२७, इटहरी  -कुनै समय इलाम नगर वाल सञ्जालमा रहेर बाल अधिकारको क्षेत्रामा काम गरेका सन्देश रम्तेलले इटहरीको होटलमा पैसा नै नतिरि फरार भएका छन् । इटहरी उपमहानगरपालिकाको विपरित दिशामा रहेको मितेरी होटलमा बसि खाएको पैसान नतिरि वेपत्ता भएका छन् । आफूँलाई राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको अध्यक्ष बताउने रम्तेलले इटहरीमा बाल क्लवको भेलामा आएको बताएका मितेरी होटलका सञ्चालक गोविन्द थापाले बताए । 

‘उसले गरेको कुरा सन्दा मलाई यो मान्छे फटाहा हो भनेर संका लागेको थियो । त्यसले हामीलाई इटहरीमा बालबालिका सम्बन्धी सम्मेलन हुँदैछ त्यसको लागि म आएको हो ३ दिनको लागि होटल चाहियो भनेर हाम्रो होटलमा बस्यो’, थापाले भने । कोरोना महामारीको समयमा कुनै त्यस्तो कार्यक्रम नहुने भन्दै आफूँले कर्मचारीलाई त्यसमाथी निगरानी गर्न निर्देशन गरेको थापाले बताए । 

गत बुधवार होटलमा बस्न आएका रम्तेलले भोलिपल्ट (बिहिवार) विहान खान नखाई बैंकमा पैसा निकाल्न जान्छु भनेर हिडेका र अहिलेसम्म फरार रहेका थापाले बताए । ‘खाना बनाइ राख्नुस् म बैंकमा गएर आउँछु भनेर हिँडे तर अवेरसम्म आएनन् । उनि होटलका एक कर्मचारीसँग सामाजिक सञ्जालमा जोडिएका रैछन् बेलूका आउँछु भनेर फोन गरे तर आएन्’, थापाले भन्नुभयो । रम्तेल एक गाडी चालकसँग होटलमा बसेको र बुधवार बेलुकाको खाना र माधकपदार्थ सेवान गरि सुतेका थिए । उनले होटलको ४२ सय रुपयाँ नतिरी फरार भएका छन् । अहिले त उनको फोन बन्द रहेको थापाले बताए । होटलको पैसा धेरै नभए पनि एक उच्चपदस्थ व्यक्ति हो भनेर ठागेकोले उनको खोजि गरेको सञ्चालक थापाले बताए । 

रम्तेल तिनै व्यक्ति हुन जसले २०७५ साल भदौमा राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको अध्यक्ष हूँ भन्दै प्रहरी र जनप्रतिनिधिलाई गुमराह पारेका थिए । उनि सोही कारण जेल पनि परेका थिए । नगर वाल सञ्जाल इलाममा रहँदा पनि विभिन्न नकरात्मक काम गरेपछि उनलाई सञ्जालले अध्यक्षको पदबाट हटाइएको थियो । त्यस पछि उनि विभिन्न ठाउँको कार्ड बनाएर नगर तथा प्रदेशका विभिन्न कार्यक्रममा उपस्थित हुने गर्थे ।

0 comments :

Post a Comment

 
Top