खाँदबारी । मकालु त्रिशक्ति समूह नेपाल (माट्स नेपाल)  को आयोजनामा भएको अनलाइन बाल कक्तृत्वकला प्रतियोगीतको उपाधी संखुवासभाकी डेनिका घिमिरेले हात परेकी छिन् । जिल्ला बाल क्लब संजाल संखुवासभाको समन्वय तथा नागरिक चासोको प्राबिधिक संयोजन र खादबारी नगरपालिकाको आर्थिक संयोजनमा  राष्ट्रिय वाल दिवस २०७७ को  अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । 

प्रतियोगीतामा पद्वितीय संखुवासभा कै बिरेन्द्र कार्की तृतीय मोरङकी दीक्षा कार्की र सान्त्वना संखुवासभाकी लक्ष्मी घिमिरे भएका छन् । कोरोना महामारीका कारण भौतिक रुपमा वाल दिवस मनाउन नसक्ने भन्दै  अनलाइन माध्यमबाट कार्यक्रम गरिएको हो । देशका विभिन्न ठाउँका वालबालिकाहरुको भिडियो संकलन गरी वाल दिवसको अवसरमा अनलाइन वक्तृत्वकला गरिएको यस कार्यक्रमका कार्यक्रम संयोजक नवीन दाहालले जानकारी दिएका छन ।

‘विपतमा वालअधिकारको सुनिश्चितता, हामी सबैको प्रतिवद्वा’ भन्ने राष्ट्रिय नाराको साथ यस वर्ष मनाइएको बाल दिवसको अवसरमा २१ जना बालबालिकाहरु सहभागी रहेका थिए । प्रतियोगीताको निर्णायक समितिमा मेदिनी घिमिरे, सुलोचना शर्मा र कुबेर प्रसाद भेटुवाल रहेका थिए । प्रतियोगीतामा प्रथम, द्वितिय तृतिय र सान्त्वना हुनेले क्रमश ८ हजार, ५ हजार  ३ हजार र १ हजार पुरस्कार प्राप्त गर्ने माट्स नेपालका कार्यलय सचिव सुजन अधिकारीले जानकारी दिए ।

0 comments :

Post a Comment

 
Top