२९ भदौ,  “बिपद मा बाल अधिकार को अवस्था : हामी सबै को साझा प्रतिबद्धता’’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ ।

दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् साथै विभिन्न बाल क्लबहरुले पनि आ–आफ्नौ स्थानिय तहमा कार्यक्रमको आयोजना गरेका छन् ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।



0 comments :

Post a Comment

 
Top