असोज–०३, इटहरी,-सुनसरीको इटहरीमा संविधान दिवसको अवसरमा गोडमेल अभियान सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख र उप–प्रमुखको उपस्थितिमा भएको कार्यक्रममा इटहरीको मुख्य चोकमा गोडमेल गरिएको हो । विरुवा रोपेर मात्रै नहुने त्यसलाई उर्काउन प्रसय दिने अभिप्रायका साथ गोडमेल गरिएको उप–प्रमुख लक्ष्मी गौतमले बताइन । त्यस्तै नगर प्रमुख द्धारिकालाल चौधरीले दिवसको अवसरमा फरक काम गरेको भन्दै खुसी ब्यक्त गरे ।

विगत ८ हप्ता अगाडिबाट सञ्चालन भएको गोडमेल अभियानामा उल्लेख्य युवा तथा विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो । एक वर्षमा एक लाख विरुवा हुर्काउने र इटहरीलाई जङ्गल भित्रको सहर बनाउने उदेश्यका साथ गोडमेल अभियान सञ्चालन गरिएको अभियानता सुरेश कार्कीले जानकारि दिए ।

0 comments :

Post a Comment

 
Top