असोज–०१, उदयपुर -उदयपुर  रौतामाई गाउँ पालिका वडा न ३ लाफागाउका २४बर्ष का  युवा अभियन्ता बिरेन्द्र खड्का  शिक्षाको ज्योती दिलाउने अभियान  मा सफल भएका छन। बिगत ६ बर्ष  देखि बालबालिकाहरुको क्षेत्रमा  काम गरेका बिरेन्द्रले बिद्यालय  बाहिर रहेका बालबालिकाहरुलाई  बिद्यालय भर्ना  गर्ने अभियान  मा छन । उनले रौतामाई गाउँ पालिका वडा न ३ लाफागाउका  नर बहादुर  भुजेलका ३ छोराहरू सुमन भुजेल ध्यान ब भुजेल  र टेक बहदुर भुजेललाई  २०७३ सालमा  बिद्यालय भर्ना गरेर यो अभियान  शुरु गरेका थिए।

उनले नर बहादुर  को घरमा कोहि पनि अध्ययन नगरेको र उनिहरुको घरमा बालबालिकाहरु घरमै खेलेर मात्र  बस्ने गरेको थाहा  पाए पछि परिवार  सग ४ पटक को भलाकुसारी पश्चात् उनिहरुलाई स्कुल ड्रेस, कापी, डट्पेन,पेन्सिल र झोला  प्रदान  गरि श्री अन्नपूर्ण  आ बि को कक्षा  १ मा भर्ना गरिएको थियो। उनीहरु हाल नियमित  बिद्यालय  गई राखेको छन अहिले ३ जना नै  कक्षा  ४ मा पुगेका छन्  । टेक ब  कक्षा  प्रथम , सुमन तेस्रो  र ध्यान  ब पाँचौ  भएको र उनिहरु नियमित बिद्यालय  गैईरहेका हुदा अन्य विद्यार्थीको तुलना मा अध्ययनमा पनि राम्रो मेहनत गर्ने बिधालयको प्र अ अप्सरा  दाहालले बताउनु भयो। उनिहरुको बुबा नर बहादुर पनि आफ्ना छोराहरु पढ्न पाएको मा खुशी भएको बताउनु भयो। त्यस्तै  यसै वडा मझौ तोलको डेक बहादुर  राईको छोरा  सजब राई र प्रजन राईलाई पनि  शैक्षिक  सामाग्री  प्रदान गरि २०७४ सालमा बिद्यालय  भर्ना  गरिएको बिरेन्द्र बताउँछन् । त्यस्तै  रौतामाई गाउँपालिका वडा न ३ कै  आम्बोटे टोलका प्रेम बहादुर राईका ४ छोरा छोरी पनि बिद्यालय  बाहिर रहेको मा नेपाल सरकार  को बिद्यालय भर्ना  अभियान अन्तर्गत  २०७४ सालमा श्री जनता मा बि लाफागाउँमा  भर्ना गरिएको थियो ।  उनको घर मै भर्ना अभियान  अन्तर्गत  घर दैलो कार्यक्रम  मा प्र अ नरेन्द्र कुमार शिङ, वडा सदस्य बर्तहिरा राई  जाल्पा  एकीकृत  बिकास समाज उदयपुरको  कर्मचारी  वीर बहादुर  मगर र बिरेन्द्रको उपस्थिती मा परिवार सग लामो प्रयास पछि उनिहरुलाई नि  स्कुल ड्रेस, कापी, डट्पेन, झोला उपलब्ध  गराई   बिधालय  भर्ना गरिएको  थियो ।


उनका ४ छोराछोरी  मध्ये  ठुली  केशर माया राई कक्षा  ४  मा भर्ना गरिएको  मा अहिले कक्षा  ६ मा कक्षा  प्रथम छिन त्यस्तै  छोरा  बिजय  राई र छोरी रेवरी राई कक्षा  १ मा भर्ना गरिएको मा उनिहरु ३ कक्षा  मा छन त्यस्तै  कान्छी छोरी बालकक्षा मा भर्ना गरिएको  मा अहिले २ कक्षा  मा अध्ययन  गरिरहेका छन । यसै वडाको लाफागाउ टोलकी लक्ष्मी बि क कि छोरी सुबिता बि क पनि  ५ कक्षा  पढेर  छाडेको मा बिरेन्द्र खड्काकै पहलमा पुन स् बिधालय  आउन थालेकी छिन । उनको यो अभियान  बाट १० जना बिपन्न बालबालिकाहरुले  आफ्नो  अन्धकार  जीवनमा शिक्षा  को उज्यालो  ज्योति  देख्न पाएका छन । यो अभियान मा वडा कार्यलय अन्य गैरसरकारी  संघ  सस्था र बिधालय  ले पनि साथ दिएका बिरेन्द्र बताउछ्न । बालबालिकाहरुले आफ्नो सानो  मेहनतले शिक्षाको ज्योती पाएको मा उनी एकदमै खुशी रहेको बताउँछन् । 


1 comments :

 
Top