भदौ-३०, एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलका पछिल्ला खेलमा चेल्सी र वोल्भरहेम्प्टन विजयी भएका छन् । ब्राईटन एण्ड होभ एल्बियनलाई ३–१ गोल अन्तरले हराउदै चेल्सीले नयाँ सिजनको सुखद सुरुवात गरेको हो । जोर्गीन्हो, रिस जेम्स र कर्ट जुमाले गोल गरे । ब्राईटनका लेण्ड्रो ट्रोसार्डले एक गोल फर्काए । २३ औ मिनेटमा जोर्गीन्होले पेनाल्टिमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ५४ औ मिनेटमा ट्रोसाईले ब्राईटनलाई बराबरीमा पुर्याएका थिए । त्यसको २ मिनेटपछि जेम्सले गोल गर्दै चेल्सीलाई २–१ को अवस्थामा पुर्याए । ६६ औ मिनेटमा जुमाले अर्को गोल गरेपछि चेल्सी सहज जित निकाल्न सफल बन्यो ।

वोल्भरहेम्प्टनले सेफिल्ड युनाईटेडलाई २–० ले हराउदै सिजनको लिगमा विजयी सुरुवात गरेको हो । वुल्भरले खेलको सुरुवाती ६ मिनेटभित्र दुबै गोल गरेको हो । तेस्रो मिनेटमा राउल जिमिनेजले तथा छैटौ मिनेटमा रोमेन साईसले गोल गर्दै खेलको सुरुवातमै टोलीलाई २–० को अग्रता दिएका थिए । त्यसपछि थप गोल हुन नसक्दा सोहि नतिजा निर्णायक बनेको हो ।

0 comments :

Post a Comment

 
Top