खादबारी । "विपतमा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धता" भन्ने मुल नाराका साथ यस बर्ष को राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा मकालु त्रिशक्ति समुह नेपाल (माट्स नेपाल) खाँदबारीको आयोजना मा  नागरिक चासो मिडिया प्रविधि संयोजन भै , जिल्ला बाल क्लब समन्वय समितिको संयुक्त समन्वय तथा खादबारी नगरपालिका को आर्थिक सहयोगमा"अनलाइन बाल वक्तृत्वकला प्रतियोगीता २०७७" हुने भएको छ।

वक्तृत्व कलाको शिर्षकः  कोभिड १९ मा बाल संरक्षण रहेको कार्यक्रम संयोजक नबिन दाहालले जानकारी दिएका छन।

प्रतियोगीताका नियमहरु यस प्रकार रहेको पनि दाहालले जानकारी दिएका छन।

नियमहरु :

–विश्वको जुनसुकै स्थानबाट सहभागी हुन सकिने । 

–१८ बर्ष ननाघेको जो कोहि सहभागी हुन सकिने । 

–तोकिएको विषयमा मोवाइल अथवा क्यामेरामा लिएको वान टेक र सम्पादन नगरिएको भिडियो बढिमा ५ मिनेट सम्मको हुनुपर्ने । 

–सकेसम्म हाई क्वलिटीको भिडियो इमेल मार्फत (nagarikchaso@gmail.com & matsnepal1@gmail.com) आफ्नो पुर्ण विवरण सहित पठाउनुपर्ने । 

–मौलिक प्रस्तुति हुनुपर्ने । 

–भाद्र २६ गतेसम्ममा पठाईसक्नु पर्नेछ । भाद्र २९ गते बाल दिवसको दिन युट्युबमा अपलेड गरिनेछ । 

–अपलोड भिडियोको भियुजको आधारमा ३० प्रतिशत र निर्णयकको मुलयाङ्कनको आधारमा ७० प्रतिशत गरेर नतिजा प्रकाशन गरिने छ ।

–पुरस्कारको व्यवस्था गरिएको छ । 

Ph. 9840122060/9824321246 /9852051577 / 029560956

पुरस्कारहरुः

– प्रथम पुरस्कारः  ८०००/-

– दोस्रो पुरस्कारः५०००/-

– तेस्रो पुरस्कारः ३०००/-

 _सान्त्वना पुरस्कार : १०००/-

नगद तथा प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ ।



0 comments :

Post a Comment

 
Top