भदौ-२९, रामधुनी -कोभिड–१९ महामारीको अवस्थामा सरकारले बालबालिकाको अधिकार प्रति चासो नदिएको भन्दै रामधुनीका बालबालिकाहरुले सोमवार ध्यानआकर्षण गरेका छन् । संक्रमितको अवस्था दिनदिनै बृद्धि हुदैगर्दा तिन तहकै सरकारले बालबालिकाहरुको स्वस्थ्य सुरक्षा र शिक्षा ब्यववस्थापन गर्न माग गर्दै राष्ट्रिय बालदिवसको अवसरमा सचेतना मुलक कार्यक्रम गरेका हुन् ।

“बिपदमा बालअधिकारको सुनिश्चता हामी सबैको प्रतिबद्धता”को नारा सहित रामधुनी नगरपालिकाको आयोजनामा नमुना नगरबाल संजालको सह आयोजनामा सचेतनामुलक कार्यक्रम भएको हो । महामारीको सुरक्षा माप दण्ड अपनाउदै सचेतना कार्यक्रममा नगरभरीकै भेला भएका बालबालिकाहरुले लकडाउन अवधिमा बालअधिकार हनन्का घटना बृद्धि भएको उठान गरेका छन् । स्थानिय तहले बालबालिकाको सवालमा स्वस्थ्यकालागी निति तथा योजना ल्याउन नसकेको उपस्थित सहभागीहरुले गुनासो गरेका छन् । उनीहरुले स्वस्थ्यमा असुरक्षित महशुस गरेका छन्नै शिक्षाबाट पनि बञ्चित भएको नगरबाल सञ्जालकी सह–सचिव मोनिका चौधरीले बताइन् । बिध्यालय बन्द छन् तथापी अनलाइन मार्फत कक्षा संचलन भएपनि धेरै बिध्यार्थि अनलाइनमा नआउने, नबुझिने, एकै चोटी प्रश्नगर्दा नहुने जस्ता समस्या ब्यवस्थापन गर्न नसकेको पुर्व अध्यक्ष मनिषा पाण्डेले बताइन् ।

महामारीमा बालविवाह पनि प्रमुख चनौतको रुपमा बृद्धि भएको बताएका छन् । भेला भएका अधिकांस बालबालिकाहरुले सामाजिक संजालको दुरुपयोगका कारण बालविवाह बृद्धि भएको भन्दै बिकृति समेत हुने गरेको उनिहरुको भनाइरहेको छ । बिध्याल्य बन्दले बालबालिकाहरु लागु पदार्थ दुब्र्यसनिको लतमा फस्दै गएको र यसको अवस्था भबिषयमा कोरोना महामारी जस्तै समुदायमा डरलाग्दो बिकृति फैलिन सक्ने भएकाले स्थानिय सरकार देखी प्रदेश र केन्द्रिय सरकारले कोरोना लक्षित बालबालिकाहरुको योजना ल्याउनु पर्ने जनाएका छन् । बालबालिकाहरुको समस्या प्रति नगरपालिका तदारुक्ताका साथ लागी परेको छ र निरन्तरता दिइ रहने नगरप्रमुख जय प्रकास चौधरीले बताउनु भयो । नगरमा बाल मैत्रि स्थानियशासन संरक्षणकालागी सर्ब पक्षबाट कृयाशिल रहने प्रतिबद्धता समेत गुर्न भयो । यसैगरी उपमेयर सबिना चौधरीले समस्या प्रति सरोकारवाला संघ संस्था र नगरबाल संजालका बालबालिकाहरु कृयाशिल हुनु पर्ने आवश्यक्ता औल्याउदै बालबालिकाहरुको अधिकार सुनिश्चता गर्न नगरपालिका र महिला तथा बालबालिका शाखा योजना बढाइरहेको बताउनु भयो । बालबालिकाको अधिकार प्रति मंगलवारबाट लकडाउन लक्षित वडागत रुपमा समस्या र योजना लिएर कार्यक्रम गर्ने योजना प्रमुख हर्षलाल चौधरीले बताउनु भयो ।


0 comments :

Post a Comment

 
Top