भदौ-२९, इटहरी -२९ औँ राष्टिय बाल दिवसको अवसर पारेर रोटरी क्लब अफ इटहरी र रोट्याक क्लब अफ इटहरीले कोभिड १९ ले बालबालिकामा पारेको असरहरु विषयमा भचुअर्ल वक्तीत्वकला प्रतियोगिता  सम्पन्न गरेको हो । 

सो प्रतियोगितामा इटहरी, तेह्रथुम, बिराटनगर, इनरुवा र धरानका प्रतिस्पधिहरुको सहभागिता रहेको आयोजक समितिले जनाएको छ । त्यसै गरी प्रतियोगितामा रोटियन विपि कोइराला धरानका डा. जोश्ना रिमाल, कस्तुरी कलेजका प्रिन्सिपल कमलेस पौडेल र एसोएस बालग्राम इटहरीका इङ्लिस टिचर दिनेश पौडेल निर्णायक मण्डलका रुपमा रहेका थिए । सो प्रतियोगितामा कोसी सेन्ट जेम्स स्कुल इटहरीकी अंसु श्रेष्ठ प्रथम, विष्णु मेमोरियल स्कुल धरानकी अस्मी पौडेल द्धितृय, सैनिक आवशीय स्कुल धरानकी लक्ष्मी थापा तृतिय र दिल्ली पब्लिक स्कुल धरानकी प्रकृति घिसिड्ग सान्त्वना भएको छन् ।

विजताहरुलाई क्रमश नगद पुरस्कार रु ५०००, रु ३०००  रु २००० र सान्त्वनालाई आर्कषक उपहार सहित प्रमाण पत्र रहेको आयोजकले जानकारी दिएको छ । विजताहरुलाई प्रमाणपत्र विजेताकै प्रदान गरि सकेको र नगद पुरस्कार भने रोटरी क्लबको अगामी कार्यक्रममा विजेताहरुलाई बोलाई प्रत्यक्ष रुपमा प्रदान गरिने समेत जानकारी दिएका छन् ।

प्रतियोगितामा जम्मा २० जनाको सहभागिता रहेको थियो ।


0 comments :

Post a Comment

 
Top