खगेन्द्र वि.क. (बिकास)
दुहवी, सुनसरी

सबैमा नमस्कार,
मैले केटी साथी नामक शीर्षकलाई एउटा काल्पनिक घटना सम्झेर एउटा कथा तयार पारेको छु । जसले केटा र केटी बीचको सम्बन्धलाई हाम्रो समाज र आफन्तहरुले कस्तो तरीकाले बुझनु हुन्छ त ? यो घटनालाई मेरो मन मिल्ने साथी मिना र म आफैँलाई मध्यनजर गरेर बनाएको छु ।
यो घटना पढेपछि तपाईँहरुलाई कस्तो लाग्छ पढेर कृपया प्रतिकृया दिनुहोला ।
प्लस टु सँगै पढेको साथी बिरामी पनि थिईन् । एकछिनको संवादपछि अर्को दिन विहान भेट्ने कुरा गर्दै फोन राखेँ, अनि भोलि कलेजमा भेट्ने पनि पक्का भयो ।
भोलि पल्ट कलेजमा भेटघाट गरी हामी २ जना घर फर्किने क्रममा थियौँ । बाटोमा एउटा बगैचा पथ्र्यो ।
मिनाले बगैँचामा एकछिन बिश्राम गर्ने प्रस्ताव राखिन् । अनि मैले पनि घर फर्किन केही समय बाकी रहेकाले बसौँ न त भनेँ ।
खासमा हामी प्लस टु देखि संगै पढेकाले पनि होला एक आपसमा धेरै कुरा सेयर हुन्थ्यो । प्लस टु सकेर दुबै आ–आफ्नो काममा ब्यस्त भएकाले लामो समयदेखि भेटघाट अनि कुराकानी भएको थिएन ।
त्यसैले पनि एकछिन बगैँचामा बसेर सुख दुःख सेयर गर्ने अवसर मिल्यो ।
तर, आपत् कहाँ निर आईप¥यो भने हामी बगैँचामा बसेर गफिएको मेरो आफन्त पर्नेले देखेछन् । त्यसपछि परालको आगो सरी हामी त्यहाँ बसेको कुरा फैलियो । यति सम्मकी विकास त केटीसँग पार्कपार्कमा जान्छ रे भनेर मेरो बुवा आमाको कानसम्म पुगेछ ।
त्यही दिन साँझपख म खाना खाएर टिभि हेरिरहेको थिएँ, आमाले फोन गरेर भन्नुभयो, ‘छोरा, तेरो पढाइ चल्दै छ की के चल्दैछ ?’ छोराको बारेमा नानाथरी कुरा सुनेपछि उहाले मन थाम्न सक्नुभएन छ आत्तिदै अनि रुदै भन्नुभयो, ‘तेरो बारेमा के के कुरा सुनाउँछन् के हो ?’
एकछिन त उहाँको कुरा बुझिनँ । पछि वहाँ ‘तँलाई फलानोले पार्कमा देखेको रे’ भन्दै अझ रुन थाल्नु भयो ।
मैले फेरी प्रश्न गरेँ, ‘कस्ले देख्यो र मलाइ, नचाहिँदो कुरा कस्ले सुनायो ?’
तर आमाले कुनै जवाफ दिनु भएन । आमालाई मैले सबै कुरा सुनाएँ, सम्झाएँ, बुझाएँ र उहाँको मनलाई शान्त बनाएँ ।
दुई चार दिनपछि दाइ–भाउजु अनि दिदी–भेनासंग पनि भेट भयो । उहाँहरुले पनि त्यही कुरा कोट्याउनु भयो । साथी, भाइ, अंकल–आन्टीलगायत आफ्ना नातेदारहरुले फेसबुक च्याट, फोनमा पनि त्यही कुरा सोध्न थाले । कोहीलाई त ऊ मेरो मन मिल्ने केटि साथी हो भनेर सम्झाएँ । तर कोहिले चाहिँ गर्लफ्रेन्ड भन्दै जिस्काए ।
यो घटनापछि म सोँचमग्न भएँ । केटा र केटी संगै हिड्न नहुने हो ? संगै हिडेको विषयलाई लिएर नकारात्मक धारणा बनाउने टिका–टिप्पणी गर्ने अधिकार अरुलाई कसले दियो ?
बिहेअघि पनि केटा र केटी बीचमा आफ्नै सम्बन्ध हुन्छ, निकटता हुन्छ, साथीको रुपमा सुखदुःख साटासाट, सर–सहयोग, मनोरञ्जन, भेटघाट, कुराकानी आदान प्रदान हुन सक्छ । र, त्यो हुनु पनि पर्छ । वर्तमान समाजको माग पनि हो । बस् हाम्रो मूल्य मान्यता, संस्कार, परम्पराको ख्याल गरिदिए हुन्छ ।
यो कुराले मलाई त्यती चिन्तीत बनाएन किनकी मेरो बारेमा कस्ले के भन्छभन्दा पनि आफु ठिक हुनुपर्छ । सही बाटोमा हिड्नुपर्छ भन्ने मान्यताको मान्छे हुँ म । तर यस कुराले हाम्रो समाजको चरित्र कस्तो रहेछ, हामी कुन मानसिकताबाट गुज्रिरहेका छौँ, हाम्रो सोच कति संकुचित रहेछ भन्ने कुराको भने राम्रो ज्ञान भयो ।
अझ म त्यती बेला झन् बढि झस्किएँ, जति बेला मलाई पार्कमा देख्ने आफन्त शिक्षक थिए भन्ने कुरा थाहा पाएँ ।
एक शिक्षित ब्यक्तिले यसरी कुरा काट्दा उचित ठानिनँ मैले । म केटा थिएँ र यस कुराले तेती गहिरो रुप लिएन, तर मेरो स्थानमा मेरो केटी साथीको आफन्तले देख्थ्यो र सोही कुरा प्रचार प्रसार गथ्र्यो भने उनलाई कस्तो प्रभाव पथ्र्यो होला ? फलानोकी छोरीको त लभ परेको थियो, पार्क–पार्कमा केटासँग टाँसिएर बसेकी थिई, उसको चरित्र ठिक छैन भन्ने आरोप केटी साथीलाई लाग्न सक्थ्यो । साथी भएर गफ गरेर बस्दा पनि समाजको संकुचित नजरले उसलाई सधैंका लागि दोषी ठान्न सक्थ्यो ।
हामीले वास्तवमै हाम्रो पुरातनवादी सोँच बदल्न सकेका छैनौँ र जबसम्म सक्दैनौँ, तबसम्म केटा र केटीको सम्बन्धलाई लिएर यस्ता टिका–टिप्पणी भई रहनेछन् ।
समस्या थुप्रै छन्,
एकदिनको कुरा हो, हामी ५–६ जना साथीहरु घुम्न जाने भैयौँ । घुमघामका क्रममा साथीहरु कमल र पूजाले तेहि केटी साथिको कुरा काट्न थाले । अझ कमलले त मलाई छुपारुस्तमको विल्ला भिराउनसमेत भ्याईसकेछ । कमललाई लागेछ, पार्कमा बस्ने केटी मेरो गर्लफ्रेन्ड हो भनेर ।
उसले यो कुरा अन्य साथिहरुलाई सुनाउन भ्याईसकेछ, अझ उसले त हाम्रो फोटो कक्षामा पनि लुकेर खिचेको रहेछ । त्यो फोटो हेरेर अन्य साथीहरुले मलाई बधाई दिइरहेका रहेछन् । त्यो देखेर अचम्म लाग्यो ।
यहाँ दिदी–भाइ, दाजु–बहिनी, मामा–भान्जी, केटा साथी केटी साथी मात्र होईन बुबा–छोरी संगै हिडँ्दा, पनि कुरा काट्न पछि पर्दैन होला हाम्रो समाज । वास्तवमा देश, समाज परिवर्तन भएन, भष्ट्रचार मौलायो, राजनितिक स्थीरता भएन, समाजमा असमनाताले खाडल बनायो, मानिसको विचार दृष्ट्रिकोण, व्यवहार परिवर्तन भएन भनेर रातदिन अरुको आलोचना गरेर समय खर्चने हामीले आफूचाहिँ कति सकारात्मक र परिवर्तनशिल रहेछौं, हामीले हामीलाई मूल्यांकन गर्न जरुरी छ ।
   

0 comments :

Post a Comment

 
Top