श्रावण, २६

भोजपुरको अन्नपूर्णबाट विराटनगरको लागि छुटेको यात्रुवाहक बस पल्टिँदा सात जना घाइते भएका छन् । मे १ ख ३१६४ नम्बरको गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत  गुप्तेश्वर र सिद्धेश्वर सिमाना चप्पिरे खोलानजिकै पल्टेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताउनुभयो । घुम्ती काट्ने क्रममा बस भित्तामा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा परि घाइते भएका ७ जनालाई जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

0 comments :

Post a Comment

 
Top